टिकटक बनाउँदा भीरबाट खसेका युवकको मृत्यु

साझासवाल

भदौ १९, दाङ | दाङमा टिकटक बनाउने क्रममा भीरबाट खसेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडका ३४ वर्षीय नवीन केसी रहेका छन् । सल्यानबाट तुलसीपर तर्फ आउने क्रममा मोटरसाइकलबाट झरेर टिकटक बनाउन गएका केसी शनिबार राति करिब ९ बजे भीरबाट खसेका थिए ।

शनिबार बिदाको दिन साथीहरूसँग घुमघामका लागि दाङ-सल्यानको सीमा क्षेत्र राम्री पुगेर फर्कने क्रममा ३४ वर्षीय नविन केसी तुलसीपुर -३ साततलेमा टिकटक बनाउने क्रममा राति ९ बजे भीरबाट खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरी निरीक्षक बखत शाहीका अनुसार मृतक केसी तुलसीपुर-७ का बासिन्दा हुन् । घाइते अवस्थामा उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल पुर्‍याइएका उनलाई केहीबेरमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतक केसी रा ५ ६ ७२३८ नम्बरको मोटरसाइकलको पछाडि सवार थिए । मोटरसाइकलका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Comment

Leave a Reply