पढ्न करिब 1 मिनेट लाग्छ

भदौ १९, काठमाडौँ | कुवेतको राष्ट्रिय ध्वजावाहक वायुसेवा कुवेत एयरवेजले नेपालमा उडान गर्ने भएको छ।

एयरवेजले कुवेत–काठमाडौं उडानका लागि तयारी गरिरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्राधिकरणकाअनुसार उक्त एयरवेज नेपालमा पहिलो पटक उडान गर्न लागेको हो। हालसालै कम्पनीले काठमाडौं आएर मार्केटिङको अवस्था हरेर फर्किएको छ।

आधारिक रूपमा प्रक्रियामा आउने तयारी गरिरहेको प्राधिकरणले बताएको छ। एयरवेजले हाल विभिन्न ३४ वटा मुलुकमा उडान गरिरहेको छ। हाल कुवेतबाट जजिरा एयरवेजले कुवेत–काठमाडौं र कुवेत–भैरहवामा उडान गरिरहेको छ।