2026-10-15 03:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

खरी सेवा समाजको छैठौं साधारण सभा सम्पन्न, अध्यक्षमा राजकुमार श्रेष्ठ

भदौ २४, काठमाडौँ । खरी सेवा समाजको छैठौं साधारण सभा सम्पन्न भएको छ । शुक्रबार बिहान काठमाडौंको ढुङ्गेधारास्थित छोरोल्पा पार्टी प्यालेसमा संस्थाको साधारणसभा तथा बन्दसत्र कार्यक्रम सम्पन्न भएको हो । 

सभामा सभाका सभापति समाजका अध्यक्ष कृष्ण बहादुर आलेले पुरानो कार्य समिति विघटन गरी ५ सदस्यीय निर्वाचन मण्डललाई नयाँ कार्यसमितिको मनोनयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन गरेको अनुरोध सँगै निर्वाचक मण्डलले निर्वाचन प्रक्रिया अघि बढाइ श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे हो । समाजको सचिव पदमा लक्ष्मी पोखरेल, सहसचिव पदमा कपिल पोखरेल चयन भएका छन् । शुक्रबारको साधारण सभामा कार्य व्यस्तताको कारण उपस्थित हुन नसकेका कारण उपाध्यक्षमा भरत अधिकारी र कोषाध्यक्षमा मीन बहादुर खड्कालाई प्रस्तावित रुपमा चयन गरिएको छ । संस्थाका सदस्यहरुमा रवि अधिकारी, मान बहादुर श्रेष्ठ, सिता अधिकारी, पूर्ण बहादुर गुरुङ, ध्रुब कुमार श्रेष्ठ, रेशम बहादुर आले र राजु थापा चयन भएका छन् । 

समाजका सचिव नारायणदत्त पोखरेलले संचालन गरेको कार्यक्रमको संस्थाका तदर्थ समितिका अध्यक्ष कृष्ण आले मगरले सभापतित्व गरेका थिए । धादिङको ज्वालामुखी ५ (साविक खरी गाविस) बाट काठमाडौँमा बस्दै आएकाहरुको सदस्यता रहने गरि खुलेको यस संस्थाको केहि समय अघि पदाधिकारी को बन्ने र कसरी छान्ने भन्ने बिबाद भएपछि साधारण सभा केहि समयको लागि स्थगित भएको थियो । सदस्यताकै कारण साधारण सभा स्थगित भएपछि सदस्यता थप्ने कार्यलाई ध्यानमा राखी खरी सेवा समाज (धादिङ्ग) ले सदस्यता फारम भराई काठमाडौँमा बिभिन्न पेशा/व्यवसाय गरि बसेको खुल्ने कागजात सहित नयाँ सदस्यता तथा नवीकरण गराएको थियो । 

सभामा खरी सेवा समाज निस्वार्थ सामाजिक भावनामा चल्ने संस्था भएकोले कोहि कसैले व्यक्तिगत तथा समूहगत स्वार्थ नराख्न ध्यानाकर्षण गरिएको छ । खरी सेवा समाजको प्रस्तावित पदाधिकारीहरु सहित सदस्य मनोनयन गरि छुट्टै बैठक बसेर समाजको आगामी कार्यक्रम तय गरिने नव निर्वाचित अध्यक्ष श्रेष्ठले बताएका छन् ।

खरी सेवा समाजमा हाल करिव एक सय २० जना भन्दा बढी सदस्यहरुले नयाँ सदस्यताका लागि फारम भरेका छन् । सदस्यता फारम अनुसार केहि फारम भेरिफाइ गर्न बाँकी रहेको बताइएको छ । नयाँ कार्यसमितिले नयाँ सदस्यता फारम अनुसार अझै धेरै सदस्यहरु थप्दै नियमित सदस्यता नवीकरण गराइने, संस्थाको सदस्यता व्यवस्थापन चुस्त दुरुस्त राख्ने र सदस्यता परिचयपत्र समेत छिट्टै वितरण गर्ने योजना बनाएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने