2026-09-12 02:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कैलालीमा किशोरी बलात्कार प्रकरण : बियर खुवाएर सामूहिक बलात्कार गरेको खुलासा

भदौ २७, टीकापुर |  कैलालीको मध्यवर्ती घोडाघोडी नगरपालिकाको सुख्खडमा सामूहिक बलात्कारको शिकार भएकी १५ वर्षीया किशोरीलाई उनकै चिनजानका साथीले बियर ख्वाएर सामूहिक बलात्कार गरेको खुलासा भएको छ ।

कैलालीमा १८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

भदौ २१ गते राति चिनजानका साथीहरुले खाजा खान होटलमा लगेर बियर खुवाई सामूहिक बलात्कार गरेको खुलासा भएको हो । 

गौरा पर्वको अवसरमा आयोजित देउडा हेर्न गएकी ती किशोरीलाई खाजा खान जाऊ भन्दै होटलमा लगेर बियर खुवाएर सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताए।

किशोरीले प्रहरीलाई दिएको जाहेरीका आधारमा प्रहरीले सामूहिक बलात्कारको आरोपमा घोडाघोडी नगरपालिका वडा नं. १ का १८ वर्षीय हिमाल सापकोटा, २० वर्षीय एसु सापकोटा र घोडाघोडी नगरपालिका वडा नं. २ बस्ने १८ वर्षीय बसन्त बिष्टलाई पक्राउ गरेको छ । 

प्रहरीका अुनसार घटनामा संलग्न रहेका एकजना आरोपी फरार छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । 

प्रहरीमा दिएको जाहेरी अनुसार देउडा हेरिरहेका बेला चिनजानकै एकजनाले पीडित किशोरीलाई अर्की एक साथीसँगै होटलमा खाजा खाना भनेर लगेका थिए । खाजा खाने बेला ती किशोरीलाई बियर खुवाइएको थियो । आफ्नो घर नजिकै पुगेपछि किशोरीकी साथी छुटिएर घर हिँडेकी थिइन् । 

प्रहरीका अनुसार घर नजिकै छोडेर उनकी साथी आफ्नो बाटो लागेपछि पिछा गर्दै पुगेका एकजनाले राति भइसकेकाले आफ्नै घरमा बस्न कर गरेका थिए । 

ती किशोरको आग्रह स्वीकार गर्दै ती किशोरी युवकको घरमा गएकी थिइन् । किशोरीलाई बाहिरबाट ढोका थुनेर अरु तीनजना साथीहरु बोलाएर पालैपालो बलात्कार गरेको पीडितले जाहेरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ ।

आत्महत्याको प्रयास

डीएसपी जोशीका अनुसार ती किशोरीले भोलिपल्ट साथीलाई घटनाबारे बताएकी थिइन् । उनकी साथीले प्रहरीमा उजुरी गर्न आग्रह गरे पनि बदनाम हुने भन्दै भदौ २३ गते आत्महत्या गर्न स्यानिटाइजर पिएकी थिइन् । 

स्यानिटाइजर पिएर बाटोमा बेहोस् अवस्थामा भेटिएकी उनलाई सुख्खड प्रहरीले उपचारका लागि घोडाघोडी अस्पताल पुगाएपछि घटना बाहिरिएको हो । 

किशोरीले आत्महत्या गर्ने प्रयास गरेपछि उनका अभिभावकले प्रहरीमा उजुरी दिएका थिए । अस्पतालमा उपचारपछि उनको होस् खुल्दा उनले आफूमाथि घटेको घटनाबारे बताएकी थिइन् । 

त्यसपछि चारजनाले सामूहिक रूपमा बलात्कार गरेको भन्दै ती किशोरीका तर्फबाट इलाका प्रहरी कार्यालय सुख्खडमा भदौ २३ गते नै जाहेरी दर्ता भएको थियो । आरोप लागेका चारजनामध्ये तीनजनालाई प्रहरीले २४ गते नै पक्राउ गरिसकेको छ । 

पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख डीएसपी लक्ष्मण शाहीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस