पढ्न करिब 1 मिनेट लाग्छ
<p align="justify"><b>महेन्द्र केसी | भदौ २८, पर्वत (सास) ।</b> पर्वत जेसिजले कुश्मा बजार सरसफाई तथा चोकचोकमा डस्बिन राखेको छ । स्थापना दिवसको अबसरमा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन बजार सरसफाई तथा डस्बिन राख्ने गरेको हो । सप्ताहव्यापी कार्यक्रम अन्तरगत तेस्रो दिनमा कुश्मा बजारका विभिन्न ठाउँमा गरी जेसिजले २० वटा डस्बिन राखेको जनाएको छ ।</p><p align="justify"> लोकतन्त्रचोक, जिल्ला अस्पताल, बडागाउ, दुर्लुङचोक, पुरानो चौकी, भिमसेनथान मन्दिर,लगायतका स्थानमा डस्बिन राखेको कार्यक्रम संयोजक ई. मन्जु सिलाकार श्रेष्ठले जानकारी दिइन् । सप्ताहव्यापी कार्यक्रमको चौथो दिन आज गुप्तेश्वर बेद बेदाङ्ग संस्कृत पाठशालामा शैक्षिक सामाग्री वितरण गर्ने आयोजकले जनाएको छ ।<br><img src="http://sajhasabal.com/uploads/posts/91bc79aebaf100eb517e610d93f1aac71473748900.jpg" style="width: 960px;"></p>

