भदौ २८, भीमदत्तनगर । सरकारी विद्यालयमा भौतिक संरचना अभाव, विद्यार्थी सङ्ख्या घट्दै भन्नेलगायतका समाचार त धेरैले सुने र देखेका छौँ । तर कञ्चनपुरको बेदकोट नगरपालिका–१ पिपलथलामा रहेको गणेश निमाविमा भने शिक्षकलाई तलब खुवाउनसमेत गाउँमा चन्दा सङ्कलन गरिएको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, भीमदत्तनगर । सरकारी विद्यालयमा भौतिक संरचना अभाव, विद्यार्थी सङ्ख्या घट्दै भन्नेलगायतका समाचार त धेरैले सुने र देखेका छौँ । तर कञ्चनपुरको बेदकोट नगरपालिका–१ पिपलथलामा रहेको गणेश निमाविमा भने शिक्षकलाई तलब खुवाउनसमेत गाउँमा चन्दा सङ्कलन गरिएको छ ।"/>
2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

चन्दा सङ्कलन गरेर शिक्षकलाई तलब

भदौ २८, भीमदत्तनगर । सरकारी विद्यालयमा भौतिक संरचना अभाव, विद्यार्थी सङ्ख्या घट्दै भन्नेलगायतका समाचार त धेरैले सुने र देखेका छौँ । तर कञ्चनपुरको बेदकोट नगरपालिका–१ पिपलथलामा रहेको गणेश निमाविमा भने शिक्षकलाई तलब खुवाउनसमेत गाउँमा चन्दा सङ्कलन गरिएको छ । 

विसं २०४९ मा स्थापना भएको विद्यालयमा हाल ३६७ जना विद्यार्थी अध्ययनरत छन् । दुईजना स्थायी शिक्षक र चारजना राहत शिक्षकले अध्यापन गराइरहेको भए पनि विद्यार्थीको चापले थप चारजना शिक्षक निजी स्रोतबाट राख्नुपरेको गणेश निमाविका प्राधानाध्यापक पशुपति मल्लले जानकारी दिनुभयो । 

“निजीस्रोतबाट शिक्षक नराखौँ स्कुल नै चल्दैन ।” प्राधानाध्यापक मल्लले रासससित भन्नुभयो – “चारजना शिक्षकका लागि मासिक रु ४० हजार जुटाउनुपर्ने हुन्छ ।” उहाँले शिक्षकलाई तलब खुवाउन गाउँमा अभिभावकसँग चन्दा सङ्कलन गर्दै आएको बताउनुभयो । “इच्छाअनुसार गाउँलेले चन्दा दिइरहनुभएको छ ।” उहाँले भन्नुभयो – “गतवर्ष रु एक लाख ५० हजार चन्दा सङ्कलन भएको थियो ।” 

विद्यालयले २०६६ सालदेखि शिक्षकलाई तलब खुवाउन गाउँमा चन्दा सङ्कलन गर्दै आएको जनाएको छ । “शिक्षकबाट पनि अध्यापनमा सहयोग हुँदै आएको छ ।” मल्लले भन्नुभयो – “स्कुल पुरानो भए पनि संचरना र व्यवस्थापन हुन सकेको छैन ।” जिल्ला शिक्षा कार्यालयले विद्यार्थी सङ्ख्याका आधारमा दिने रकमले व्यवस्थापनमा केही सहुलियत भएको विद्यालयले जनाएको छ । 

त्यसैगरी विद्यालयमा आवश्यक भौतिक संरचनाको पनि अभाव रहेको छ । “भवन छन् तर झ्यालढोका छैनन् ।” मल्लले भन्नुभयो –“अफिस र कम्प्युटर कक्ष एउटैमा छ ।” विद्यालयको अन्य आय स्रोत केही नभएको बताउँदै प्राधानाध्यापक मल्लले विद्यालय परिसरमा विद्यार्थीलाई खानेपानीको निकै समस्या रहेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई