परदेशमा गर्ने श्रम आफ्नै देशमा गर्न युवा व्यवसायी फुयाँलकाे आग्रह

साझासवाल

असोज ४, महोत्तरी | महोत्तरीका सागर फुयाँल उमेरले ३० वर्षका छन् । युवा जोस, जाँगर र नवीन विचार बाेक्ने उनी आमव्यवसायी जस्तै भइसकेका छन् । बिपी यातायातमा आफ्ना बाबु रामकुमार फुयाँलले  १५ वर्ष अगाडि बस किनेर साे रुटमा गाडी चलाउँथे । गाडीमा बसेर काठमाडाैं र पूर्वका ठाउँहरूमा सागरले सहचालकको काम गरे । यहीँबाट सुरु भयो फुयाँलको स्वरोजगारको यात्रा ।

नेपालमै व्यवसायी बन्ने हुटहुटीले उनले कक्षा १२ अध्ययन गर्दागर्दै व्यावसायिक सम्भावनाका माध्यम खोजिसकेका थिए । सुरुमा उनले बाबुको सहयोगमा बर्दिबासमै रक्षा ट्रान्सपोर्टको सुरुवात गरे । ट्रान्सपोर्टको व्यवसायमा सफल बन्दै गएपछि फुयाँलले आफ्नै सहर बर्दिबासमा अन्य सम्भावना खाेजे ।

उनले लामो समयदेखि बर्दिबास हरेक हिसाबले वातावरणमैत्री हुनुपर्छ भन्ने आवाज उठाउँदै आएका थिए । पछिल्लो समय सवारीसाधनकाे चाप, धुलो, धुवाका कारण वातावरण अस्तब्यस्त बनिरहेका वेला फुयाँलले विद्युतीय सवारी सोरुमको सुरुवात गरेका छन् । धुवा नफ्याँक्ने, आवाज नआउने, पेट्रोल जरुरत नपर्ने भएकाले विद्युतीय सवारीसाधन लोकप्रिय बन्दै गएको छ ।

यही लोकप्रियतालाई क्यास गर्न उनले बर्दिबासमा एभरग्रिन अटो मोटिभ्स नामक विद्युतीय सवारीसाधनको सप्लाइ सुरुवात गरेका छन् । शनिबार मात्र औपचारिक सुरुवात गरेका फुयाँलले सातवटाभन्दा बढी सवारीसाधन बेचिसकेका छन् । जस्को मूल्य न्यूनतम ४५ लाखबाट सुरु हुन्छ । अहिले उनी मासिक लाखभन्दा बढी कमाउँछ्न् ।

‘पछिल्लो समय राजनीतिले युवालाज्ञ झोले बनाएको छ, कुनै नेताको चाकरीमा रमाउने र अगाडि पछाडि लागेर फोटो खिचाउने संस्कारको विकासले युवाहरूमा सकारात्मक सोचलाई विस्थापन गरिदिएको छ,’ फुयाँल भन्छन् । सम्भावना र अवसर आफ्नै अगाडि भएको बताउदै उनले युवाहरूका पाखुरा स्वदेशमै बजारिनुपर्ने बताउँछन् ।

Leave a Comment

Leave a Reply