2026-10-15 03:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

उत्कृष्ठ पशुपालक कृषकलाई प्रोत्साहन स्वरुप दिने मोबाइल कार्यालयमै गायब भएपछी..

असोज ७, सुर्खेत | डोल्पाको पशु अस्पताल तथा पशु सेवा कार्यालयले पशुपालक कृषकलाई दिने अनुदानका मोबाइलसमेत गायब बनाएको छ ।  जिल्लामा ५० भन्दा धेरै भेडाबाख्रा पालन गरेका  कृषकलाई प्रोत्साहनबापत प्रदान गरिने २५ थान साधारण मोबाइल फोन कार्यालयकै कर्मचारीले लुकाएर राखेको आरोप लागेको छ ।

पशुपालन गर्ने कृषकहरूलाई सहजै कार्यालयसँग सञ्चारको पहुचमा जोड्नको लागि प्रोत्सान स्वरुप प्रदान गर्ने मोबाइलसमेत खरिद गरी कृषकलाई नदिएर कार्यालय प्रमुखको मिलोमतोमा लुकाएर राखिएको आरोप लगाएको छ ।  आ.व. २०७८/०७९ को कार्यक्रमअनुसार ५० भन्दा बढी भेडाबाख्रा पालन गरेका कृषकहरुलाई प्रोत्साहन स्वरुप वितरण गर्ने उद्देश्यले पशु अस्पताल तथा पशु सेवा कार्यालय डोल्पाले बाँके नेपालगञ्जको निशान कम्प्युटर ट्रेडर्सबाट २७ थान साधा मोबाइल फोन खरिद गरि कार्यालयमा ल्याएको र कुनै पनि कृषकलाई नदिएको तथ्य सार्वजानिक भएको छ । प्रशिक्षण लिँदा पशुपालक कृषकलाई पाल, गमबुट र मोबाइल दिने भनेर जानकारी गराएको थियो , तर आफूले नपाएको कृषक अर्जुन भण्डारीले बताए । 

कार्यालय प्रमुख परिवर्तन भएकोले पनि भुलचुक भएको हो भनेर हालका कार्यालय प्रमुख नवराज न्यौपानेले कृषकहरूलाई अलमल्याउने काम गरेको भण्डारीले बताए । जिल्ला भरका पशुपालक कृषकलाई अनुदानको लागि आवेदन माग्ने र उत्कृष्ट पशुपालक कृषकलाई प्रोत्साहन स्वरुप पशुपालनका लागि सहज हुने सामग्री प्रदान गर्ने कार्यालयको नियमित कार्यक्रम हो ।

सोहीअनुसार खरिद भएको साधारण मोबाइल २५ थानमा कार्यालयमा जम्मा १५ थान मात्रै भेटिएका छन । बाँकी १० थान मोबाइल कुन कृषकले लिए भन्ने कुनै कागजी प्रमाण भने छैन । न त कतै लिखित कागजात छन न त ५० भन्दा धेरै भेडाबाख्रा पालन गर्ने कृषकको विवरण नै छ, तर पनि कार्यालय प्रमुखले भने १० थान बाँडिएको र अन्य १५ थान पनि वितरण गर्ने योजना रहेको निमित्त कार्यालय प्रमुख न्यौपाने बताउँछन् ।

पशुपालन गर्ने कृषकका लागि मोबाइल तथा अन्य सामग्री खरिद गर्ने समयमा भने चन्द्रलाल धराला कार्यालय प्रमुख थिए । धरालाले गत ३० वैशाखमा राजीनामा दिएर त्रिपूरासुन्दरी नगरपालिकाको नेपाली काँग्रेसको तर्फबाट नगरप्रमुख उम्मेदवारी दिएका थिए । 

यता हालका निमित्त कार्यालय प्रमुख र अन्य कर्मचारीले भने धरालाकै पालामा मोबाइल खरिद गरेर ल्याइ कोठामै राखेको आरोप लगाएका छन् ।चन्द्रलाल धरालाले भने आफूले राजीनामा दिएको समयमा सबै सामग्री कार्यालयमा बुझाएर निर्वाचनमा उम्मेदवार भएको बताउदै  आफ्नो नाममा केही पनि नभएको जिकिर गरे । 

कार्यालयमा बारम्बार मोबाइल बितरण गरेको भरपाइ तथा अन्य कागजातहरु र पाउने कृषकको बिवरण माग्दा भने कार्यालयले दिन सकेको छैन । कहिले कम्प्युटर बिग्रेको र कहिले पेनड्राईभ नखुलेको भन्दै उक्त विवरण दिन आनाकानी हुँदै आएको छ । ६२ हजार ५ सयमा खरिद भएका मोबाइलको आन्तरिक लेखा परीक्षण र महालेखा परीक्षणसमेत सम्पन्न्न भएको छ ।  विना भरपाइ र कृषकलाई वितरण गरेको तस्बिर तथा अन्य पुष्टि हुने कागजात विनै अडिट भएको छ । मोबाइलको कुरा गर्दा कार्यालय प्रमुखले व्यवस्थापन गरौँला भन्दै ठगिरहेको कृषक प्रेम थापाले गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने