पढ्न करिब 1 मिनेट लाग्छ

भदौ २९, विराटनगर । सरकारी निकायबाट दिइनु पर्ने सेवा मोरंगका गाउँमा लथालिंग भएको आरोप लगाइएको छ । सेवा प्रदायक संस्थाहरुले गाउँमा राम्ररी सेवा दिन नसकेको सरोकारवालाहरुले गुनासो गरेका हुन् ।

विराटनगरमा जागरण नेपालले मंगलबार आयोजना गरेको सरकारी सेवा तथा अधिकार सम्बन्धी सेवा प्रदायक र सरोकारवाला संघसंस्थाबीचको कार्यशाला गोष्ठीका सहभागीहरुले सरकारी सेवा गाउँमा प्रवाह हुँदा स्थानीयले सुविधाको साटो सास्ती खेप्नु परेको आरोप लगाए ।

कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका उपसचिव राजेन्द्र बुढाथोकी, जिल्ला विकास समितिका सरोज गौतम र जिल्ला जनस्वास्थ्य कार्यालयका उदेश श्रेष्ठले जिल्लाको अबस्था तथा कामकार्वाहीका विषयमा जानकारी गराएका थिए ।

सहभागीहरुले विद्यालयमा राम्ररी पढाई नहुने, छात्रवृत्तिमा भ्रष्टाचार हुने गरेको, म्याद सकिएको औषधि वितरण, चिकित्सकको कमी तथा विकासको काममा असजिलो लगायतका गुनासो गरे ।

जनताको सेवा पाउनु पर्ने भएपनि सरकारी निकायले नै जनताको काममा झारा मात्र टार्ने गरेको गुनासो गरेका हुन ।

यसैगरी महिलाहरु विशेष गरी सिमान्तकृत समुदायको स्थानीय सुशासन,निर्णयक तह, निर्वाचन र राजनीतिमा सहभागिता सवलीकरण परियोजना मोरङको कटहरी,टंकीसिनवारी,हातिमुडा, शिशवनी जहदा र सुन्दरदुलारीमा संचालन भैरहको कार्यक्रममा जानकारी गराइएको थियो ।