भदौ २९, भोजपुर । नेपाल वायुसेवा निगम भोजपुरले आठौँ दिनमा मङ्गलबार एउटा उडान भरेको छ । मौसमको कारण देखाउँदै एक सातादेखि अवरुद्ध हवाई उडान मङ्गलबार सञ्चालनमा आएको हो । 

भोजपुरमा रहेको एक मात्र विमानस्थलमा गत २१ गतेदेखि कुनै पनि उडान ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, भोजपुर । नेपाल वायुसेवा निगम भोजपुरले आठौँ दिनमा मङ्गलबार एउटा उडान भरेको छ । मौसमको कारण देखाउँदै एक सातादेखि अवरुद्ध हवाई उडान मङ्गलबार सञ्चालनमा आएको हो । 

भोजपुरमा रहेको एक मात्र विमानस्थलमा गत २१ गतेदेखि कुनै पनि उडान ह"/>

2026-09-18 10:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोजपुरमा आठौँ दिनमा बल्ल उडान

भदौ २९, भोजपुर । नेपाल वायुसेवा निगम भोजपुरले आठौँ दिनमा मङ्गलबार एउटा उडान भरेको छ । मौसमको कारण देखाउँदै एक सातादेखि अवरुद्ध हवाई उडान मङ्गलबार सञ्चालनमा आएको हो । 

भोजपुरमा रहेको एक मात्र विमानस्थलमा गत २१ गतेदेखि कुनै पनि उडान हुन सकिरहेको थिएन भने नियमित उडान हुन नसक्दा बिरामीलाई प्रत्यक्ष असर पुगेको थियो । मौसमकै कारण नियमित उडान हुन नसकेको वायुसेवा निगम भोजपुरका स्टेसन प्रमुख नारायण पुरीले जानकारी दिनुभयो । 

जिल्ला अस्पतालबाट उपचार हुन नसक्ने बिरामीको सुविधाका लागि विमानमा केही सिट छुट्याइने गरिएको छ, जसअनुसार विराटनगरका लागि दुई र काठमाडौँका लागि दुईजना सिफारिस गर्ने गरिएको छ । निजी वायुसेवा कम्पनी तारा एयरलाइन्सले पनि हप्तामा एक दिन काठमाडौँ उडान गर्दै आएको थियो तर सो उडान पनि विगत चार महिनादेखि बन्द रहेको छ । 

भोजपुरमा नेपाल वायुसेवा निगमले विराटनगरका लागि मङ्गलबार, बिहीबार र शनिबार तीन उडान गर्ने गरेको छ भने काठमाडौँका लागि चार उडान भर्दैै आएको छ । 

यसैबीच, अविरल वर्षाका कारण भोजपुर–लेगुवा, भोजपुर—घोरेटार, भोजपुर—दिङ्ला र भोजपुर—अन्नपूर्ण—चखेवा सडक हिलाम्मै भएपछि यातायात सञ्चालनमा अबरोध आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई