पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असोज ३१, काठमाडौँ | </b>काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–६ कुखुरेपाखामा आज जेसिबी अनियन्त्रित भएर पल्टिदा चालकको मृत्यु भएको छ । </p><p>मृत्यु हुनेमा जेसिबि चालक रामेछापको दोरम्बा गाउँपालिका–२ का २५ वर्षीय जिबराज तामाङ रहेका छन् । </p><p>कुखुरेपाखाबाट कटुन्जे तर्फ जादै गरेको बा २ ख ८६ ०२ नम्बरको जेसिबि अनियन्त्रित भएर आज बिहान १० बजे सडकबाट ९५ फिट तल खोलामा खसेको प्रहरी चौकी कटुन्जेले जानकारी दिएको छ । </p>

