महेन्द्र जिसी,भाद्र २९ पर्वत । कुश्मा नगरपलिकास्थित मोदिवेणी दिव्य धामका बृद्धाहरुले सरकारले उपलब्ध
गराएको समाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन्। जिल्ला विकास समिति पर्वतले
सामाजिक सुरक्षा भत्ता वितरण बैकिङ पद्दतिमा लगेपछि यहाँ आश्रित
बृद्धबृद्धाले भत्ता पाउन नसकेका हुन्।

परिवारबाट एक्लिएका तथा
आफन्त नभएका १९ बृद्धबृद्धा यहाँ आएर बसेका छन्। आफन्त नभएपछि सरकारले दिने
भत्ता पाउन पनि मुस्किल परेको उनीहरुको गुनासो छ।भंगार गाविसकी ८५
वर्षीया सावित्री रिजालले भनिन्, ‘हामी गृहस्थी छाडेर आएका, आफन्त
गुमाएका, उमेर नागेकाहरुलाई सरकारले पनि वास्ता नगर्दो रहेछ। बैंकबाट
लिनुपर्ने भएपछि पोहोरको भत्ता पनि आएन, यसपाला पनि पाएको छैन। पहिला गाविस
सचिवले ल्याएर भत्ता दिन्थे, सजिलै थियो।’

जिविसले जिल्लाका
विभिन्न बैंकमार्फत भक्ता वितरण गर्न थालेपछि कानुनी उल्झन र असक्तताका
कारण बृद्धबृद्धाले भत्ता नपाएका हुन्। सामाजिक सुरक्षा भक्ता नपाएपछि
दैनिक गुजारा गर्न र औषधिमुलो गर्न विभिन्न संघ संस्थाको भर पर्नुपरेको
बृद्धबृद्धाले बताए।

आश्रममा बसेका बृद्धबृद्धाले पाएनन् भत्ता
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment
Leave a Comment