2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङमा पुनःसंरचनाको टुङ्गो लाग्यो

भदौ २९, मोरङ । दलबीचको लामो छलफल र संवादपछि मोरङ जिल्लामा १३ वटा स्थानीय तह रहनेमा सहमति जुटेको छ । 

जिल्ला विकास समिति मोरङमा भएको पटक पटकको सर्वपक्षीय बैठकपछि दलहरु मोरङलाई १३ वटा स्थानीय तह निर्धारण गर्ने सहमतिमा पुगेका हुन् । 

जसअन्तर्गत मोरङमा एउटा महानगरपालिका, छ नगरपालिका र छ वटा गाउँपालिका बनाउने गरी स्थानीय तहको सङख्यामा सहमति भएको जिल्ला विकास समिति मोरङका योजना अधिकृत डमरुबल्लब बरालले बताउनुभयो । 

हाल कायम रहेका सात नगरपालिकामध्ये सुन्दरदुलारी र कोसी हरैचालाई गाभेर एउटै नगरपालिका बनाइने सहमति भएको छ । अन्य नगरपालिकामा आसपासका गाविस गाभिने भएका छन् । विराटनगर उपमहानगरपालिकालाई महानगरपालिका बनाइने भएको छ । 

यसका लागि हात्तीमुडा, टङ्कीसिनवारी, लखन्तरी, वैजनाथपुर, कटहरी र बुधनगर गाविस गाभिने भएका छन् । महानगरपालिका, नगरपालिका र गाउँपालिकाको सङ्ख्या र सिमानाको सिफारिस मापदण्ड अनुसारनै गरिएको छ । महानगरपालिकाका लागि २०६८ सालको जनगणना अनुसार तीन लाख जनसङ्ख्या भएको हुनुपर्ने छ । 

नगरपालिकाका लागि तराईमा ७५ हजार र गाउँपालिकाका लागि ५० हजार जनसङ्ख्या हुनुपर्ने आधार तय गरिएको छ । 

अब पुनःसंरचनाको टुङ्गो लागेकाले यस सम्बन्धी प्रतिवेदन चाँडै नै आयोगमा पठाउने जिल्ला विकास समितिको तयारी छ । नौवटा निर्वाचन क्षेत्र रहेको मोरङमा हाल एक उपमहानगरपालिकासहित सातवटा नगरपालिका र ५० वटा गाविस रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई