Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

हुन्डीको ३८ लाख रकमसहित धनुषाबाट एक युवक पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

<p><b>कात्तिक ७, धनुषा | </b>धनुषाको जनकपुर उपमहानगरपालिका–२१ कुर्थाबाट प्रहरीले स्रोत नखुलेको ३८ लाख ५० हजार रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको भंगाहा नगरपालिका–१ घर भएका २१ वर्षीय सुवमराज चौवे छन् ।&nbsp;<br></p><p>भारतबाट स्रोत नखुलेको रकम लिएर आउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी प्रदिप क्षेत्रीले रातोपाटीलाई बताए । उनको साथबाट प्रहरीले १ हजार दरको २९ बन्डल र ५ सय दरको १९ बन्डल गरेर ३८ लाख ५० हजार रुपैयाँ बरामद गरेको छ । आरोपीलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको डीएसपी क्षेत्रीले जानकारी दिए ।</p>