२६ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बीस दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

८ कार्तिक २०७९, मंगलवार ०६:००

कात्तिक ८, काठमाडौँ | पहिरोका कारण २० दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । 

कर्णालीवासीका लागि देशका विभिन्न गन्तव्यमा पुग्ने प्रमुख सडकखण्ड कर्णाली राजमार्ग गत असोज १९ गतेदेखि २४ गतेसम्म परेको अविरल वर्षा, बाढी तथा पहिरोका कारण अवरुद्ध राजमार्ग सोमबार रातिदेखि पूर्णरूपमा सञ्चालनमा आएको हो ।


राजमार्ग सञ्चालनमा आएपछि कर्णालीवासीले आवतजावतका लागि राहत पाएका छन् । बाढीपहिराका कारण राजमार्गको करिब ४० किलोमिटर सडक अवरुद्ध भएको थियो । जुम्ला सडक डिभिजनको कार्यक्षेत्र पर्ने दैलेखोला–जुम्लासम्मको एक सय चार किलोमिटरमध्ये ४० किमी सडक पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको थियो । अवरुद्ध सडक सञ्चालनका लागि सडक डिभिजन जुम्ला र नेपाली सेना निरन्तर खटेको थियो ।

सडक डिभिजन जुम्लाका प्रमुख राजीव श्रेष्ठले अवरुद्ध सडक खुलाउन कार्यालयका एक सयभन्दा बढी  जनशक्ति खटिएको बताए। नन्दाबक्स गण जुम्लाको ५० जना टोली राँचुलीमा क्याम्पमै बसेर सडक खुलाउनमा लागिपरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाख्रा चोरेको भन्दै कुटपिट गरी एक युवकको हत्या! रविलाई पोखरा हिरासतबाट बुटवल लैजाने तयारी, किन लगिदै छ बुटवल ? बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु आज पनि घट्यो सुनचाँदीको मूल्य, तोलाको कति? इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र आर्सनलले अंक बाँडे उपनिर्वाचनमा रास्वपा हेटौंडा–१२ ले आशा बिर बललाई उम्मेद्वार बनाउने माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै अमेरिकाका राष्ट्रपति ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग गरे टेलिफोन वार्ता राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? मौसम : यी स्थानमा वर्षा र हिमपातको सम्भावना राष्ट्रपति रामचन्द्र पौडेल संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा भाग लिन अजरबैजान प्रस्थान कालिकोटमा जिप दुर्घटना: घाइतेहरुको सेनाको हेलिकप्टरमार्फत उद्धार रौतहटमा प्रधानाध्यापकमाथि गोली प्रहार नेपालले थाईल्याण्डलाई दियो १४० रनको लक्ष्य थाइल्याण्डविरुद्व साना प्रवीणको शानदार अर्ध शतक तत्कालीन मन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति जापान प्रकरण: काठमाडौँ ल्याइएसँगै लिलाबल्लभ अधिकारीको म्याद थप प्रक्रिया सुरु, अदालतमा पेश रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति कालीकोटमा जीप दुर्घटनामा ८ जनाको मृत्यु