कालीकोटमा बम विष्फोट हुँदा दुईको मृत्यु, तीन जना घाइते

साझासवाल

<p><b>कात्तिक १२, काठमाडौँ |</b> कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर १० रानाबाडामा सकेट बम बिस्पोट भएको छ । कोदोबारीको छेउमा राखिएको बम बिस्पोट हुदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।<br></p><p>मृत्यु हुनेमा तिलागुफा १० निवासी ४ बर्षिय झरना थापा र ४ वर्षिय सरस्वती राना रहेका छन् । घाइते हुनेमा ७ वर्षिय कमल थापा, ५ बर्षिय मुस्कान थापा, र ३ वर्षिय दर्शना थापा रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।</p><p>घाइतेको नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेतमा उपचार भइरहेको प्रहरी प्रमुखले बताएका छन् । घटना बारे थप अनुसन्धान भइरहेको डिएसपीले बताए।</p>

Leave a Comment

Leave a Reply