2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिड्नीको एक चिडियाखानाका पाँच सिंह खोरबाट बाहिर निस्किएपछि….

कात्तिक १६, काठमाडौँ | सिड्नीको तारोन्गा चिडियाखानाका पाँच  सिंह  खोरबाट  निस्किएको  पाइएपछि चिडियाखानामा गएका आगन्तुकलाई सुरक्षित स्थानमा पुर्‍याएको छ । बुधबार बिहान साढे ६ बजे चिडियाखाना अधिकारीले एटो नामको एक भाले सिंह र चार डमरु(सिंहको बच्चा) उनीहरुलाई राखिने खोरबाट निस्केर डुलिरहेको पाएका थिए । 

त्यसलगतै ‘रोर एण्ड स्नोर’ नामक सुरक्षा कार्यक्रम सक्रिय गरिएको चिडियाखाना अधिकारीले बताएका छन् । त्यस अन्तरगत साइरन बजाएर त्यस समय चिडियाघरभित्र रहेका सम्पूर्ण आगन्तुक तथा कर्मचारीलाई सुरक्षित क्षेत्रमा सारिएको थियो ।

 Visitors told 'wake up and run' as lions on the loose | The Oz

सिड्नी हार्बरको उत्तरी किनारमा रहेको चिडियाखानाका सबै कर्मचारी तथा पाहुना सुरक्षित स्थानमा नपुगेसम्म साइरन बजेको थियो । 

घटनाको समय चिडियाखानामै रहेका म्याग्नस पेरी र उनका परिवार त्यो समय टेन्ट क्षेत्रमा थिए । उनका अनुसार साइरन बजेसँगै उनका परिवार टेन्ट छाडेर सुरक्षित स्थानमा गएका थिए । 

चिडियाखाना प्रशासनले सिंहहरू निस्केको १० मिनेटमै आपतकालित सुरक्षा प्रतिक्रिया लागू गरिएको बताएको छ । 

‘यो गम्भीर घटना हो । सिंहहरू कसरी खोरबाट बाहिर निस्किए भनेर समीक्षा भइरहेको छ,’ चिडियाखानाका कार्यकारी निर्देशक साइमन डफीले स्थानीय मिडियालाई भने । 

घटनामा कुनै मानिस वा जनावरलाई कुनै चोटपटक भने लाग्न पाएन । स्थलगत अनुगमनपछि चिडियाखाना बुधबार नै सर्वसाधरणको लागि खोलिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक