पढ्न करिब 7 मिनेट लाग्छ

लालमटियाको मसुरियामा विभिन्न प्रतियोगितात्क कार्यक्रमका साथ बाल दिवस मनाईयो

सन्तोषकुमार गुप्ता । भदौ, २९ देउखुरी । सम्बद्र्धन बाल अधिकारको संविधान कार्यान्वयन’ भन्ने मुल नाराका साथ आज देउखुरीका विभिन्न ठाउँमा १०७ औँ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । देउखुरीको लमही, भालुवाङ, सिसहनियाँ, गढवा, सतबरिया, गोबरडिहा, राजपुर, बेला र गंगापरस्पुरमा बाल सञ्जाल तथा विभिन्न बाल अधिकार सम्बन्धी विभिन्न संघ संस्थाको संयुक्त आयोजनामा विभिन्न प्रतियोगितात्मक तथा औपारिक कार्यक्रमका साथ मनाईएको छ । यसैबीच लालमटिया गाविस स्तरिय बाल सञ्जालको आयोजना तथा लालमटिया गाविसको आर्थिक सहयोगमा आज लालमटियाको रेडक्रस भवन मसुरियामा पनि विभिन्न प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरी १०७ औँ राष्ट्रिय बाल दिवस मनाईएको छ । सञ्जालकी अध्यक्ष शुशिला आचार्यको अध्यक्षता एवम् लालमटिया गाविस सचिव दामोदर पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बाल बिबाह न्युनिकरण बिषयक बक्तृत्वकला प्रतियोगिता, लोक तथा नृत्य प्रतियोगिता र बेलुनफोर प्रतियोगिताहरु सम्पन्न भएका छन् । जस अन्र्तगत बक्तृत्वकला प्रतियोगितामा रुपेन्द्र पुनमगर प्रथम, ममता गिरी द्धितीय, स्वभित शाही तृतीय र सिर्जना पुरी सान्तवना भएका छन् । त्यसैगरी लोक तथा नृत्य प्रतियोगितामा पब्लिक एजुकेशन ऐकडमी प्रथम, जुनकिरण बाल क्लब द्धितीय, जनज्योति निमावि तृतीय र प्रतिभा बाल क्लब सान्तवना भएका छन् भने बेलुनफोर प्रतियागितामा अर्जुन जिसी प्रथम, बिदेश घर्ती द्धितीय, कृष्णबहादुर थापा तृतीय र गायत्री गिरी सान्तवना भएका छन् ।

बाल सञ्जालकी उपाध्यक्ष प्रतिक्षा अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा शिक्षाप्रेमी बिश्वराज आचार्य, गाविसका प्राविधिक ऋषिकेस क्षेत्री, गाविसकी समाजिक परिचालिका सन्तोषी चपाई, शिक्षक बिक्रान्त ज्ञवाली, पत्रकारद्धय सन्तोषकुमार गुप्ता, जमिर शाह, शिक्षिका मिना केसी, प्रमिला गिरी, बिन्दु चन्द, सोनी केसी, गंगा केसी र विद्यार्थी ममता परियार लागायतका बक्ताले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सञ्जालकी कोषाध्यक्ष बिन्दु गिरीले गरेकी थिईन् ।

देउखुरीको सिसहनियाँमा पनि राष्ट्रिय बाल दिवस मनाईयो

यसैबीच देउखुरीको सिसहनियाँमा पनि विभिन्न संघसंस्थाको आयोजनामा १०७ औँ राष्ट्रिय बाल दिवस मनाईएको छ । गाविस स्तरिय बाल सञ्जाल, बालमैत्री स्थानिय शासन समिती र बाल संरक्षण समितीको संयुक्त आयोजना एवम् सिसहनियाँ गाविस तथा स्वान संस्थाको आर्थिक सहयोगमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरी बाल दिवस मनाईएको छ । बाल सञ्जालकी अध्यक्ष बसन्तप्रसाद भण्डारीको अध्यक्षता एवम् सिसहनियाँ गाविस सचिव मंगलप्रसाद चौधरीको प्रमुख आतिथ्यमा चम्चा दौड, सोलो साईकल दौड, छात्रा—छात्र कुर्सी दौड र नृत्य प्रतियोगिता सम्पन्न भएका छन् । जस अनुसार चम्चा दौड तर्फ अर्जुन परियार प्रथम, उमेश चौधरी द्धितीय र सुन्दरी चौधरी तृतीय भएका छन् भने सोलो साईकल दौड तर्फ सरोज भट्टराई प्रथम, बिरमान पुनमगर द्धितीय र हिमान्सु चौधरी तृतीय भएका छन् । त्यसैगरी नृत्य प्रतियोगिता तर्फ सुर्यज्योति बाल क्लब पिपरी प्रथम, सिङ्ग बाल क्लब द्धितीय र बिहानी रेडियो स्रोता समूह लठ्ठहवा तृतीय भएका छन् भने छात्रा छात्र तर्फ भएको हाजिरी जवाफ प्रतियोगिता तर्फ सरोज चौधरी, नेपाली चौधरी प्रथम, सन्जु चौधरी, सरिता अधिकारी द्धितीय र हरिदत चौधरी चन्द्रिका पौडेल तृतीय भएका छन् ।

बाल सञ्जालकी उपाध्यक्ष सन्ध्या बेल्बासेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले बालबालिकामा गरिने लगानीबाट राष्ट्रको भविष्य निर्धारण हुने भएकाले परिवार देखि राज्यसंरचना सम्म बालबालिकाको बचाउ, संरक्षण, विकास र सहभागिता जस्ता आधारभुत बालअधिकारको संरक्षण, प्रवर्धन र कार्यान्वयनमा ध्यान दिनु जरुरी रहेको बताएका थिए । उनीहरुले बाल अधिकार हननका घटना रोक्नका लागि कानुन कार्यान्वयन हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा नेपाली काँग्रेसका भिमलाल चौधरी, नेकपा माओवादी केन्द्रका शान्तराज शर्मा, फोरम लोकतान्त्रिकका देवप्रसाद चौधरी, राष्ट्रिय जनमोर्चाका माधव आचार्य, थरुहट तराई पार्टीका सनिराम चौधरी, संघिय लोकतान्त्रिक मञ्चका बिष्णुप्रसाद चौधरी, सर्वोदय माविका प्रधानध्यापक गोबिन्दबहादुर केसी, पत्रकार ओमप्रकाश गुप्ता र बाल सञ्जालकी सदस्य अञ्जना चौधरी लगायतका बक्ताले मन्तव्य व्यक्त गरेका थिए । सिसहनियाँ गाविस कार्यालय परिसरबाट सयौँ बालबालिका तथा विद्यार्थीहरुको ¥यालीले सिसहनियाँ बजार परिक्रमा गरी सर्वोदय मावि सिसहनियाँको प्रगाणमा आई औपचारिक कार्यक्रममा परिणत भएको थियो । कार्यक्रमको सञ्चालन बाल सञ्जालकी सचिव श्रृष्टि केसी र सदस्य रोशन कार्कीले गरेका थिए ।

देउखुरीको मौरीघाटमा सहकारीले मनाईयो बाल दिवस

देउखुरीको लालमटिया—६ मौरीघाट सहकारी संस्थाले पनि १०७ औँ राष्ट्रिय बाल दिवस मनाएको छ । सर्वहित बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सहकारी संस्था संग आवद्ध बाल समूह बीच विभिन्न प्रतियोगितात्क कार्यक्रमको आयोजना गरी बाल दिवस मनाईएको हो । संस्थाका लेखा समिती सदस्य रामप्रसाद चौधरीको अध्यक्षता एवम् राप्ती उद्योग बाणिज्य संघका सचिव प्रेमबहादुर केसीको प्रमुख आतिथ्यमा भएको हाजिरी जवाफ प्रतियोगितामा बाल बचत समूह मौरीघाट प्रथम, जनउत्थान बाल बचत समूह मौरीघाट द्धितीय, ज्ञानज्योति बाल समूह बगरापुर तृतीय र संगम बाल समूह पहरुवा सान्तवना भएका छन् । बिजय प्रतियोगीहरुलाई सहकारी संस्थाको चौथो बार्षिक साधारणमा पुरुस्कार बितरण गरिने आयोजकले जनाएको छ । संस्थाका व्यवस्थापक शिशिर चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा संस्थाका सचिव जागेन्द्र चौधरी र शिक्षा समिती संयोजक गोबिन्दप्रसाद चौधरी लगायतका बक्ताले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष उमा चौधरीले गरेका थिए ।

देउखुरीको गढवामा धुमधामका साथ राष्ट्रिय बाल दिवस मनाईयो

देउखुरीको गढवा गाबिस लगाएत आठ वटा संघ संस्थाहरुको सहयोग तथा साझ फूलवारी बाल सञ्जालको आयोजनामा बिहीबार बिबिध कार्यक्रमका साथ १०७ औं बाल दिवस मनईएको छ । आयोजक संस्थाका अध्यक्ष जगधिश यादवको अध्यक्षता तथा जिल्ला शिक्षा कार्यालय दाङका बिद्यालय निरीक्षक बेगम केसीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गढवा क्षेत्रका १९ वटा बिद्यालय एवं क्लबहरुले एकल तथा सामुहिक गीत नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा शिक्षा कार्यालयका श्रोत ब्यक्ति रामप्रसाद जैसी, नेपाली काँग्रेस गढवाका सभापति बालचन्द्र हमाल, एमाले गढवाका अध्यक्ष रामप्रसाद गैरे, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिवालय सदस्य गुणनिधि शर्मा, माओबादी केन्द्रका रमेश न्यौपाने, फोरम लोकतान्त्रिक का आरडी यादव, रेडक्रस गढवा शाखाका सभापति दिपककुमार यादव, सिपी संस्थाका सुन्दरप्रसाद चौधरी, स्वास्थ्य चौकी प्रमुख लोकराज पौडेल, स्वान संस्थाका रुपा चौधरी, नव स्वर्गद्धारी महिला संस्थाका रामकुमारी यादव लगाएतले बोलेका थिए । सो अवसरमा गत भदौ २४ गते देखि सञ्चालन गरीएका दर्जनबढी खेलकुद प्रतियोगीतामा उत्कृष्ट हुनेहरुलाई पुरस्कार बितरण गरिएको थियो । कार्यक्रममा जेष्ठ नागरिक गढवा—२ निवासी धनसरी बाँठा लाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । सो अबसरमा झाँकी तर्फ बुद्धज्योती उच्च माबि प्रथम, शुभतारा माबि द्धितिय ,जनता उच्च माबि तृतिय र बाल कल्याण निमाबिले सान्त्वना स्थान प्राप्त गरेका थिए । त्यसैगरी कार्यक्रममा प्रस्तुत १९ वटा एकल तथा सामुहिक नृत्यबाट बिभिन्न ६ वटा बिद्यालय र कलबहरुलाई पुरस्कार एवं प्रमाणपत्र बितरण गरिएको थियो । बाल क्लवका सचिव पूजा यादवको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक हिमोढ पहाडी र गाबिसका सामाजिक परिचालक रामनरेश यादवले गरेका थिए ।

यसैबीच देउखुरीको लमही, गोबरडिहा, गंगापरस्पुर, बेला, राजपुर र सतबरिया गाविसमा पनि गठित बाल सञ्जाल तथा बालबालिकाको क्षेत्रमा क्रियाशिल संघसंस्थाहरुको आयोजना तथा सहयोगमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमका साथ १०७ औँ राष्ट्रिय बाल दिवस मनाईएको छ । त्यसैगरी देउखुरीका सामुदायिक तथा निजी विद्यालयहरुले पनि विद्यालयमै विभिन्न प्रतियोगितात्मक कार्यक्रमका साथ १०७ औँ राष्ट्रिय बाल दिवस मनाईएको छन् । अन्य बर्ष बाल दिवसका दिन विद्यालय बन्द गरेर बाल दिवस मनाउने प्रचलनलाई टोडेर विद्यालयहरुले पनि विभिन्न कार्यक्रमको आयोजना गरी बाल दिवस मनाएका हुन् ।