भाद्र ३० पर्वत । विज्ञान र प्रविधिसँग रुचि राख्ने अमन पौडेलले राष्ट्रिय आविष्कार केन्द्रको लागि सहयोग गर्ने बताएका छन् । बाल बैज्ञानिकका रुपमा चिनिएका अमनले  शमी युवा प्रोत्साहन पुरस्कारबाट प्राप्त हुने रकमको ५० प्रतिशत महाविर पुनले थालेको अभियानलाई सहयोग गर्ने बता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
भाद्र ३० पर्वत । विज्ञान र प्रविधिसँग रुचि राख्ने अमन पौडेलले राष्ट्रिय आविष्कार केन्द्रको लागि सहयोग गर्ने बताएका छन् । बाल बैज्ञानिकका रुपमा चिनिएका अमनले  शमी युवा प्रोत्साहन पुरस्कारबाट प्राप्त हुने रकमको ५० प्रतिशत महाविर पुनले थालेको अभियानलाई सहयोग गर्ने बता"/>
2026-09-19 08:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

महाविरलाई अमनले सहयोग गर्ने


भाद्र ३० पर्वत । विज्ञान र प्रविधिसँग रुचि राख्ने अमन पौडेलले राष्ट्रिय आविष्कार केन्द्रको लागि सहयोग गर्ने बताएका छन् । बाल बैज्ञानिकका रुपमा चिनिएका अमनले  शमी युवा प्रोत्साहन पुरस्कारबाट प्राप्त हुने रकमको ५० प्रतिशत महाविर पुनले थालेको अभियानलाई सहयोग गर्ने बताएका हुन् ।

पुरस्कारबाट प्राप्त हुने २० हजार १ सय १ रुपैयाँबाट १० हजार ५१ रुपैयाँ आविष्कार केन्द्रलाई दिने उनले बताए । आफुजस्तै विज्ञान र प्रविधिमा रुचि राख्नेहरुको लागि लक्षितगरि महाविरले राष्ट्रिय आविष्कार केन्द्रको स्थापनाको लागि अभियान चलाएको भन्दै आफुले सहयोग गर्न चाहेको बताए ।पौडेलले विज्ञान प्रविधिसँग रुचि रहेकाहरु दिल्ली, बम्बई, कलकत्ता, मलेशिया, कतार र अरब जस्ता देशमा गई रुन नपरोस् भन्ने चाहना अनुरुप र महाविरको अभियानको एक हिंसा तथा समर्थक बन्नको लागि सहयोग गर्न लागेको बताए ।

     हिमालय उमावि खुर्कोटमा कक्षा ९ मा अध्ययनरत उनी विज्ञान तथा प्रविधिसँग निकै झुकाव राख्दै आएका छन् ।    उनले घरगाउँमा पाइने तथा फोहोर भनी फालिएका काम नलाग्ने प्लाष्टिकका बोतल, तार तथा काठ र अन्यको प्रयोगबाट विभिन्न सामाग्री बनाउँदै आएका छन् । हालसम्म दर्जनभन्दा बढी विज्ञान तथा प्रविधिका सामाग्रीहरु निर्माण गरेका उनी यहि असोज ५ गते विशेष कार्यक्रमका विच शमी युवा प्रोत्साहन पुरस्कारबाट सम्मानित हुदैछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो