भाद्र ३० पर्वत । नेवार समुदायको लोपोन्मुख लाखे नाच प्रर्वद्धनको लागि नेवाः सांस्कृतिक समाज चितवनमा पुगेको छ ।
चितवनमा यहि भाद्र ३० र ३१ गते हुन गैरहेको पाँचौ राष्ट्रिय लाखेनाच प्रतियोगितामा सहभागी हुनको लागि चेतप्रसाद श्रेष्ठको नेतृत्वमा नेवाः सांस्कृतिक समुह चितवनमा पुगेको समुहका सदस्य शिव श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार उक्त समुहमा कृष्णप्रसाद श्रेष्ठ, ध्रुब श्रेष्ठ, देवी श्रेष्ठ, साजन श्रेष्ठ, संसार श्रेष्ठ, अविषेक श्रेष्ठ, अप्सरा श्रेष्ठ, राजकुमार श्रेष्ठ, विकास श्रेष्ठ र भरत श्रेष्ठ रहेका छन् ।

लोपोन्मुख लाखेनाच संरक्षण र प्रर्वद्धन गर्दै आएको नेवाः सांस्कृतिक समुहले उक्त प्रतियोगिताबाट धेरै कुरा सिक्ने अबसर मिल्ने बताएको छ ।
उक्त प्रतियोगिताबाट लाखेनाच सम्बन्धि जानकारी हासिल हुने र आगामी दिनमा जिल्लामा लाखेनाच तथा भदौंरे नाच प्रस्तुत गर्नको लागि आफुहरुलाई निकै सहज हुने विश्वास लिएको समुहका अध्यक्ष चेतप्रसाद श्रेष्ठले बताए ।
समुहको प्रतियोगितामा भएको सहभागिताबाट जित भन्दा पनि जानकारी हासिल गर्ने अबसरका रुपमा लिएको उनले बताए ।