2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

आमा सुरक्षा कार्यक्रममा ब्रम्हलुट, मिलेमतोमा वर्षेनी नोबेल अस्पताललाई दुई करोड पुरस्कार

भदौ ३०, विराटनगर । विराटनगरमा विगत १५ वर्षदेखि सञ्चालित नोबेल अस्पताल प्रा.लि.ले जिल्ला जनस्वास्थ्य कार्यालय मोरङबाट आमा सुरक्षा कार्यक्रम २०६९ सालमा सम्झौता गरेकै भरमा चारवर्षमा आठ करोड भन्दा बढी रकम खाएको खुलेको छ ।

नोवेल अस्पताल निजी अस्पताल भए पनि अस्पतालले सरकारसँग आमा सुरक्षा कार्यक्रम सम्झौता गरेपछि नोवेल अस्पतालमा प्रसुती गराउन आउने विमारीहरुलाई निःशुल्क रुपमा उपचार हुँदै आएको थियो । अस्पतालले महिनाको एक सय जना प्रसुती गराए पनि सरकारसँग रकम लिँदा दुई सय जनाको फायल बुझाएर रकम लिँदा पनि कसैले अनुगमन र छानविन गर्ने हिम्मत गरेको छैन । मिलेमतोमा रकम पचाउने काम भएपछि तैँ चुप, मै चुपको अवस्थामा सरोकार पक्ष रहेको बुझिएको छ ।

अस्पतालमा प्रसुती गराउन गएदेखि डिस्चार्ज नहुँदासम्मको सबै खर्च राज्यले ब्यहोर्ने हो । निजी अस्पतालले सरकारसँग आमा सुरक्षा कार्यक्रम सम्झौता गरेपछि स्वास्थ्य विभागबाट हरेक वर्ष सो सम्झौतालाई नविकरण गराउनु पर्ने नियम छ । नविकरण नगरेमा सरकारले सो रकम रोक्का गर्ने छ ।

आमा सुरक्षा कार्यक्रमअन्तर्गतको सम्झौता गर्दा जुन सुविधा प्रसुती गराउने महिलालाई दिनुपर्ने हो सोको पालना नोबेलले एक रति पनि गरेको पाइँदैन । उल्टै विमारीबाट रकम असुल गर्न अस्पताल उद्यत रहेको छ ।

नोबेल अस्पतालले २०६९ सालमा आमा सुरक्षा कार्यक्रम सम्झौता गरेको पहिलो वर्षमा गरेपछि तीन वर्षसम्म सम्झौता नवीकरण गरेको थिएन । तीन वर्षदेखि नियम विपरीत सम्झौता नविकरण नगरी जिल्ला जनस्वास्थ्य कार्यालय मोरंगले वर्षेनी नोवेल अस्पताललाई वर्षेनी दुई करोड रुपैयाँ निकासा गर्दै आएको छ । यस वर्ष पनि २०७३ साल अषाढ मसान्तसम्म सम्झौता नविकरण गरी सक्नुपर्नेमा अस्पतालले हालसम्म विभागबाट नविकरण नगरेकोले आर्थिक वर्ष २०७२÷०७३ सालको रकम जिल्ला जनस्वास्थ्य कार्यालयले रोक्का गरेको बुझिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयमा २०७२ साल पुष महिनामा मलेप अडिट आउँदा नोवेल अस्पताललाई नियमविपरीत तीन वर्षदेखि वर्षेनी दुई करोड रुपैयाँको दरले वितरण गरेको र सम्झौता प्रत्येक वर्ष नविकरण गर्ने प्रावधान रहेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय मोरङ, परिवार नियोजन शाखाका अधिकृत तोया घिमिरेका अनुसार मलेपले विगतमा नियम विपरीत रकम नोवेल अस्पतालले लिए पनि आर्थिक वर्ष २०७२/०७३ को रकम नदिन जिल्ला जनस्वास्थ्य कार्यालय मोरङलाई जानकारी गराएको थियो । यदि नियम विपरीत नोवेल अस्पताललाई आमा सुरक्षा कार्यक्रमको रकम कार्यालयले दिएमा कार्यालय प्रमुखको तलबबाट कट्टा गरिने छ । विराटनगरको निजी अस्पताल नोवेल अस्पताल र विराटनर्सिङ अस्पतालमा मात्र जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले सम्झौता गरेको छ । आमा सुरक्षा कार्यक्रम सरकारी अस्पतालहरुमा अनिवार्य रुपमा लागू गरिएको छ । आमा सुरक्षा अन्तरगत प्रसुती गराउन आउने विमारीका आफन्तले औषधि किन्नु नपर्ने, कुनै शुल्क तिर्नु नपर्ने नियम रहेको छ । प्रसुती डिस्चार्ज हुने दिन तराईको अस्पतालले पाँच सय र पहाडको अस्पतालमा एक हजार रुपैयाँ बाटो खर्च दिनुपर्ने नियम रहेको अधिकृत तोया घिमिरेले बताउनुभयो ।

नोबेल अस्पतालका प्रशासन अधिकृत नारायण दाहालसँग यस विषयमा जिज्ञासा राख्दा उहाँले आमा सुरक्षा कार्यक्रमको सम्झौता स्वास्थ्य विभागमा लगभग नविकरण भइसकेको बताउनुभयो । नविकरण गर्दा नियमानुसार अषाढ मसान्तभित्रमा गर्नुपर्नेमा दुई महिना बितेर नविकरण गरेको नियम विपरीत हो कि होइन रु प्रश्न चिन्ह खडा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई