Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मधेस युवा उत्थान विकास मंच नवलपरासीद्वारा बिरामीलाई आर्थिक सहयोग

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

रबिन्द्र यादव/भदौ ३०, नवलपरासी । मधेस युवा उत्थान विकास मंच नवलपरासीले पक्लिहवा-४ रतनगंज बस्ने मंगरु मल्लाह का बिरामी छोरा बर्ष २८ का राजकुमार मल्लाह को उपचारको लागि ३५ हजार रुपया आर्थिक सहयोग गरेको मंच का संयोजक धिरज त्रिपाठीले जानकारी दिनु भएको छ ।

त्रिपाठीका अनुसार बिरामीको पारिवारिक आर्थिक अवस्था निकै कमजोर रहेकोले पक्लिहवा गाविसका मंचका एकाइ अध्यक्ष भानु चौहान को नेतृत्वमा २० हजार अार्थिक संकलन गरियो भने १० हजार मधेस युवा उत्थान विकास मंचको कोषबाट गरि पैतिस हजार विरामीको बुबा मंगरु मल्लाह लाई प्रदान गरिएको बताउनु भएको छ ।

बिरामी राजकुमार विगत दुई बर्ष देखि पेट र शरीर फुल्ने रोगबाट ग्रसित रहेका छन । हाल पारिवारिक अवस्था कमजोर रहेको हुदा उनको उपचार हुन सकेको थिएन । मंचको सहयोगमा बिरामीलाई उपचारका लागि अहिले भरतपुर मेडिकल कालेज पठाइएको त्रिपाठीले बताउनु भएको छ ।

मंचले अार्थिक सहयोग गरेकोमा बिरामीका बुबा मंगरुले खुशी हुँदै छोराको ज्यान बचाउन मधेस युवा उत्थान विकास मंच नवलपरासी लाई धन्यवाद दिनु भएको छ साथै अरुबाट पनि आफ्नो छोराको ज्यान बचाउन आर्थिक सहयोग गरिदिन हुन समेत आग्रह गर्नु भएको छ ।

मधेस युवा उत्थान विकास मंच नवलपरासीले जिल्लाको विभिन्न ठाउँमा लागू औषध रोकथाम चेलीबेटी बेचबिखन रोकथाम महिला हिंसा रोकथाम युवा विकास का लागि जनचेतनामूलक कार्यक्रम गर्दै आएको देखिन्छ ।