Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ भदौ ३० गते, अपराह्न ३:३७ बजे पर्बत - PBT, समाज

एक महिनाको समयमा ३ वटा साप्ताहिक पत्रिकाको जन्म, बिहिबार देखि कुसुमपुर टुडे साप्ताहिक पत्रिका बजारम

By kit 6 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

सुबास लामिछाने  भदौ ३० पर्बत ।
पर्यटकीय सुचना केन्द्रद्धारा प्रबद्र्धित कुसुमपुर टुडे साप्ताहिक पत्रिकाको बिहिबार एक समारोहका बिच बिमोचन गरिएको छ । यस पत्रिकाको जन्म संगै पर्बत जिल्लामा एक महिनाको समयमा ३ वटा साप्ताहिक पत्रिकाको जन्म भएको हो । पर्बत जिल्ला अदालतका माननीय जिल्ला न्यायधीस मोहनराज भट्राईले सो पत्रिकाको बिमोचन गर्नुभएको छ । पत्रिका बिमोचन कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै भट्राईले पत्रिकाले पर्यटन, बिकास, शिक्षा र सञ्चार जस्ता महत्बपुर्ण कुरालाई बोकेको हुदा यस्ता कुरालाई बाहिर ल्याउन सकरात्मक भुमिका खेल्नुपर्ने बताउनुभयो । उहाले राजनितिक पुर्बाग्रहमा रहेर भन्दा पनि खोजमुलक पत्रकारीता आजको आबश्यकता रहेको भन्दै सत्य, तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न पत्रिकालाई सुझाब समेत दिनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ पर्बतका संस्थापक अध्यक्ष भोलानाथ शर्माले पत्रपत्रिकाको प्रकाशन गरिनु ठुलो कुरा नभएको भन्दै यसको निरन्तरतामा ध्यान दिनुपर्ने बताउनुभयो । उहाले पछिल्लो समयमा पर्बतमा पत्रपत्रिकाको होड बाजी भएको भन्दै सत्य तथ्य समाचारका साथ अगाडि बढ्न आग्रह गर्नुभयो । त्यसैगरि पत्रिकाका सम्पादक किशोर सापकोटाले आफुहरुले पर्बतको पर्यटन क्षेत्रको बिकासको लागि कलम चलाउने भन्दै पर्बतमा रहेका हरेक पर्यटकिय सम्भाबनाहरुको खोजी र त्यसको महत्बका लागि पत्रिकाले अग्रणी भुमिका खेल्ने बताउनुभयो । प्रतिस्पर्धाको लागि भन्दा पनि सत्य, तथ्य र निष्पक्ष समाचारको लागि पत्रिकाले मुख्य जोड दिने उहाले बताउनुभयो । त्यस्तै प्रकाशक तथा प्रधान सम्पादक राजु पौडेलले पत्रिकाले पर्बत जिल्लाको दुर दराजमा रहेका पर्यटकिय सम्भाबना, शिक्षा र सञ्चार संगै हुने बिभिन्न परिर्बतनहरुलाई आत्मसात गर्देै अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा सम्बोधन गर्ने अधिकाशं सरोकारवालाहरुले पत्रिकालाई शुभकामना ब्यक्त गर्दैै निरन्तरताको कामना गरेका थिए । उनिहरुले यसअघि जिल्लाबाट प्रकाशित पत्रपत्रिकाहरुको स्मरण गर्दै कुसुमपुर टुडे साप्ताहिक अरु भन्दा फरक भएर प्रस्तुत हुन आग्रह समेत गरेका थिए । बिमोचन कार्यक्रममा पर्बतका निमित्त प्रजिअ, प्रहरी नायब उपरिक्षक, बिभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, उद्योग बाणिज्य संघका प्रमुख तथा प्रतिनिधि, बिभिन्न कल्बका पदाधिकारी तथा गैह्सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, समाजसेबि, पत्रकार लगायतको उपस्थिीती रहेको थियो । कुसुमपुर टुडे साप्ताहिक पत्रिकाका अध्यक्ष हिम बहादुर पौडेल क्षेत्रिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अतिथी सम्पादक गणेश पौडेलले गर्नुभएको थियो ।

उक्त पत्रिकाको सञ्चालक टिममा अध्यक्ष हिम बहादुर पौडेल क्षेत्रि, कानुनी सल्लाहाकार बिश्वराज पाण्डेय, सल्लाहाकार नारायण अमृत, प्रकाशक तथा प्रधान सम्पादकमा राजु पौडेल, सम्पादक किशोर सापकोटा, अतिथी सम्पादकमा गणेश पौडेल, प्रबन्ध निर्देशक टंक लामिछाने, प्रबन्ध सम्पादक सुबास लामिछाने, कार्यकारी सम्पादक कामना रेग्मी, ब्यवस्थापकमा मुक्तिराम शर्मा रहनुभएको छ ।