समाजमा अपराधिक घटना न्युनिकरण गर्न प्रहरी र नागरिक बीच सहकार्य आवश्यक

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... समाजमा अपराधिक घटना न्युनिकरण गर्न प्रहरी र नागरिक बीच सहकार्य आवश्यक

2026-09-19 04:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

प्रहरी सेवा केन्द्र लालमटियाको गाउँ तथा विद्यार्थी केन्द्रित सचेतना कार्यक्रम

समाजमा अपराधिक घटना न्युनिकरण गर्न प्रहरी र नागरिक बीच सहकार्य आवश्यक



सन्तोषकुमार गुप्ता । भदौ ३० देउखुरी ।

गाउँ घर हुने अपराधिक घटना, घरेलु हिंसा, महिला हिंसा, मावन बेचबिखन तथा लागु औषध प्रयोग तथा ओसार प्रसार नियन्त्रण गर्न सामुदायिक प्रहरी सेवा केन्द्र लालमटिया र ईलाका प्रहरी कार्यालय भालुवाङले केही दिन यता गाउँ तथा विद्यार्थी केन्द्रित सचेतना अभियान कै रुपमा सञ्चालन गरेको छ । समुदायमा हुने सबै प्रकारका गलत कृयाकलापलाई नियन्त्रण गर्न प्रहरीको मात्र एक्लो प्रयासले सम्भव नहुने हुँदा नागरिक र प्रहरी बीचको सहकार्यबाट सम्भव भएको भन्दै यस्तो अभियान शुरु गरिएको हो । 


यसैबीच आज लालमटिया—३ आँपखोली टोल भालुवाङमा घरेलु हिंसा, महिला हिंसा, मावन बेचबिखन तथा लागु औषध प्रयोग तथा ओसार प्रसार रोकथाम एवम् नियन्त्रण सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सेवा केन्द्रका सचिव उमेश अधिकारीको अध्यक्षता एवम् स्थानिय समाजसेवी तथा गेमबहादुर खड्काको प्रमुख आतिथ्यमा उक्त सचेतना कार्यक्रम सम्पन्न भएको हो । सचेतना कार्यक्रममा प्रहरी सहायक निरिक्षक नबिन भट्टराईलेसमाजमा हुने सवै खाले अपराधिक घटना तथा घरेलु हिंसा न्युनीकरण गर्न प्रहरी र नागरिक बिच सहकार्य हुनु पर्ने बताए । उनले समुदायमा आवश्यक शान्ति सुरक्षा कायम गर्न र अपराधिक घटना हुन नदिन प्रहरी र नागरिक बीच साथीत्वको नाता हुनु पर्ने बताए । त्यस्तै कार्यक्रममा सामुदायिक प्रहरी अमृत कठायतले घरेलु हिंसा, महिला हिंसा, मावन बेचबिखन तथा लागु औषध प्रयोग तथा ओसार प्रसार रोकथाम लगायतका बिषयमा प्रशिक्षण दिएका थिए । सो अवसरमा सहभागी अन्य वक्ताहरुले प्रहरीहरु गाउँ—गाउँमा गई नागरिकमैत्री कार्यक्रम सञ्चालन गर्ने सके प्रहरी र नागरिक बीचको सम्बन्ध अझ बलियो हुने बताएका थिए । कार्यक्रममा सेवा केन्द्रका सचिव उमेश अधिकारीले पछिल्लो समय यता युवाहरु लागु औषध दुव्र्यसनमा बढी संलग्नता बढेकाले घर परिवारबाट नै रोकथामको उपाय अपनाउनु पर्ने बताए । उनले आफना छेरा छोरीहरु लाई कुलतमा फस्न नदिन छोरा छोरीको निगरानी गर्नु पर्ने बताए । साथै समुन्नत समाज निमार्ण गर्न समुदाय र प्रहरीको अझ महत्वपुर्ण भुमिका रहने भएकाले नागरिक र प्रहरी बिच मित्रताको भावना हुनु पर्ने बताए । कार्यक्रममा आँपखोली टोल भालुवाङका १ सय ५० बढीको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा