पढ्न करिब 1 मिनेट लाग्छ

सिता महता/भदौ ३०, डडेल्धुरा । डडेल्धुराको चिपुर गाविस–९ धारीमा हिजो दिउसो करिब १२ बजेतिर बाघको आक्रमणबाट १४ वटा बाख्रा मरेका छन ।

बाघको आक्रमणमा परी सोहि गाँउका भोज साहुका ४, राम ऐडीका ३, अम्मर ऐरका ३, दान विकका २ र दिनेश ऐरका २ गरी १४ वटा बाख्रा मरेको स्थानीय खेम ऐडीले खवर पठाएका छन । हिजो करिब १२ बजेतिर बनमा बाख्रा चराउन लगेको अवस्थामा एक्कासि बाघले आक्रमण गरेको थियो ।

पछिल्लो समय सुदुरपश्चिमका विभिन्न जिल्लाहरुमा बाघको आक्रमणमा परी धेरै मानिस लगायत पशुहरुको ज्यान गएको छ ।