३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

मोतियाबिन्दुका ६० जना बिरामीहरुको सफल शल्यक्रिया सम्पन्न

२९ चैत्र २०७२, सोमबार १०:४०

चैत्र २९, वीरगंज / मारवाडी महिला मंच वीरगंजले आज मोतीयाबिन्दुका ६० जना
बिरामीहरुको सफल शल्यक्रिया सम्पन्न गरेको छ ।

moti bindu

चैत्र २६ गते वीरगंज उपमहानगरपालिका वडा नं. १८
लक्ष्मणवामा मंचले गरेको निशुल्क आँखा शिबिरमा ८० जना मोतियाबिन्दुका रोगी देखा परेको तर सम्र्पकमा आएका
६० जना रोगीहरुलाई मंचले निशुल्क केडिया आँखा अस्पताल परवानीपुरमा उपचार गराएको मंचका पुर्वअध्यक्ष पुजा
पोदारले बताईन ।

बाँकी रहेका बिरामीहरु सम्र्पकमा आए उनीहरुलाई
समेत उपचार गराउने र उपचार गराईसकेका बिरामीहरुलाई चस्मा ,औषधि र अप्रेशनमा लाग्ने सम्पुर्ण खर्च मंचले
गरेको बताईन । केडिया आँखा अस्पताल परवानीपुर परिसरमा एक कार्यक्रमका बिच मोतियाबिन्दुका ६० जना
बिरामीहरुलाई बिदाई गर्नुको साथै वहाँहरुको उज्जवल भबिष्यको आयोजक संस्थाले कामना समेत गरेको थियो

उक्त कार्यक्रममा मारवाडी महिला मंच वीरगंजका अध्यक्ष सुमन
बगोडिया,पुर्वअध्यक्ष एवं सिनियर लिडर मीरा खेतान,मंचका कबिता हलान,केडिया आँखा अस्पतालका नेत्र
अधिकृतद्वव माया राणा र शिवशंकर प्रसाद समेतको उपस्थिती रहेको थियो ।

६० जनाको उपचारमा जनही ४ हजारको दरले २ लाख ४० हजार खर्च लागेको मंचका पुर्वअध्यक्ष पोदारले
बताईन ।अहिले तराई मधेसमा आँखा रोग एउटा महामारीकै रुपमा फैलिरहेको र सरदर १० जना मानिस मध्ये ४ जनामा
आँखा रोग लाग्ने गरेको अस्पतालका चिकित्सकले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’