2026-09-12 01:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनावी झडपका क्रममा मृत्यु भएका चेतनको ९ दिनपछि अन्त्येष्टि

मङ्सिर १२, बाजुरा । चुनावका क्रममा भएको दुई पक्षीय झडपका क्रममा मृत्यु भएका एमाले निकट विद्यार्थी नेता चेतनदीप आयडीको अन्त्येष्टि गर्न लागिएको छ । उनको घटनाको ९ दिनपछि सोमबार अन्त्येष्टि गर्न लागिएको हो । 

अन्तिम संस्कार गर्न लैजानुअघि नेकपा एमाले बाजुराले अनेरास्ववियुका केन्द्रीय सदस्य समेत रहेका आयडीको शव श्रद्धाञ्जलीका लागि खुलामञ्च मार्तडीमा राखेको छ  । मसिंर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका क्रममा नेपाली कांग्रेसका कार्यकर्तासँगको झडपका क्रममा उनको मृत्यु भएको थियो ।  

आयडीको शव श्रदाञ्जलिका लागि खुलामंचमा राखेपछि दाहसस्कारको लागि बुढीगंगा नदीमा लगिएको नेकपा एमाले बाजुराका सचिव भरत थापाले बताए । घाइते भएका आयडीलाई उपचारका लागि अछामको बयलपाटा अस्पतालमा लगिएको थियो । अस्पताल पु¥याउने बित्तिकै चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।

त्रिवेणी ७ मा दिउँसो मतदानको समयमा नेपाली कांग्रेसका कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाउँदा त्रिवेणी ७ बस्ने सञ्जीव अयडिको मृत्यु भएको थियो । सञ्जीवको मृत्यु भए पश्चात विवादले चर्को रुप लिएको थियो । त्यपछिको झडपमा चेतनदीपको मृत्यु भएको थियो । 

नेकपा एमाले बाजुराले चेतनको हत्यारालाई पक्राउ गरी दोषीमाथि कारबाहीको माग गर्दै आएको छ ।  मंसिर ५ गतेदेखि बाजुरामा एमालेले आन्दोलन गरिरहेको छ । यसैबीच सुदूरपश्चिमको तराईका जिल्ला कैलाली र कञ्चनपुरमा हत्या विरोधमा विद्यार्थीहरूले प्रदर्शन गर्दै आएका छन् ।

प्रहरीको गोली लागेर मृत्यु भएका सञ्जीव आयडीको शव पनि छ दिनपछि आफन्तले बुझेका थिए । उनको मंसिर ४ गते मतदानको समयमा मतपेटिका खोस्न लाग्दा सुरक्षाकर्मीले गोली चलाएर मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस