<p><b>मङ्सिर १४, बारा | </b>बारा जिल्लाको कोहल्बी नगरपालिका-११ रामकुरुवामा एक युवकको हत्या गरी गाडेको अवस्थामा शव फेला परेको छ । स्थानीय ४० वर्षीय परीक्षण चौधरीको शव बुधवार बिहान गाडेको अवस्थामा फेला परेको हो । <br></p><p>स्थानीयबासीले उनको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव उत्खनन् गरेर हेर्दा टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको देखिएको बाराका प्रहरीले जानकारी दिए । </p><p>प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।</p>
बारामा हत्या गरी गाडेको अवस्थामा भेटियो शव, दुई जना पक्राउ
Leave a Comment

