३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

फ्रन्टको केन्द्रिय महाधिवेशन कलैयामा हुने, यथा स्थितिमा स्वबियु निर्वाचनहुन नदिने सिंहको चेतावनी

२ बैशाख २०७३, बिहीबार ०७:३२

बैशाख २, बीरगंज । यथा
स्थितिमा स्वबियु निर्वाचन हुन नदिने तराई मधेस विद्यार्थी फ्रन्टका केन्द्रिय सचिवालय सदस्य ओमलोक
सिंहले बताएका छन् ।

singh

फ्रन्टको बैशाख २९ गते देखि बाराको कलैयामा हुने
केन्द्रिय महाधिवेशनको सिलसिलामा आज बीरगंजमा संचारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै महाधिवेशनमा
मधेस लगायत विभिन्न क्याम्पस र काठमाण्डौका तीन जिल्ला गरि एक हजार फ्रन्टका सदस्य एवं प्रतिनिधिहरुको
सहभागिता रहने बताउनु भयो ।

एक फरक प्रसगमा सिंहले जारी मधेस
आन्दोलन सफल नभएसम्म विद्यार्थीहरुको अहम भुमिका हुने बताउदै सबैले आआफ्ना क्षेत्रबाट सक्रिय भुमिका
निर्वाह गरि आन्दोलन सफल गर्न आग्रह गरेका थिए । शैक्षिक विभाग प्रमुख समेत रहेका सिंहले मधेस आन्दोलनका
वीर शहिदहरुका सन्तानलाई माध्यमिक स्तरसम्मको शिक्षा दिक्षाको सम्पूर्ण व्यवस्थापन फ्रन्टले गर्ने एव
सहयोगी संघ संस्थासँग उच्च शिक्षाको लागि समन्वय गर्ने बताए ।

तराई मधेस लोकतान्त्रिक पार्टी निकट फ्रन्टको बैशाख २९, ३० र ३१ गते बाराको कलैया हुने
केन्द्रिय महाधिवेशनलाई भब्य रुपले सफल गर्ने र सो महाधिवेशनमा पार्टी एवं संगठनका प्रभावशालि नेताहरुको
उपस्थिति रहने सिंहले बताए ।

सिंहले इतिहासकै लामो र उत्कृष्ट
शान्तिपूर्ण मधेस आन्दोलन अझै जारी रहेको र यसको स्वरुप मात्र परिवर्तन भएको बताउदै शहिदहरुको कुर्बानी
खेर नजाने र वहाँहरुको सपना साकार पार्ने तथा देखाइएको संघर्षको बाटोमा हिँडने फ्रन्ट संकल्पित रहेको
बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’