पढ्न करिब 1 मिनेट लाग्छ

मङ्सिर २५, कञ्चनपुर | कञ्चनपुरको बेलौरीमा किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

किशोरी र परिवारजनको जाहेरीका आधारमा बेलौरीको भइसोरी बस्ने २० वर्षीय दीपक बोट, ३७ वर्षीय साधुराम राना र ३३ वर्षीय हरिशंकर रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए।

गाउँकै एक सामुदायिक विद्यालयमा कक्षा नौ मा अध्ययनरत १७ वर्षीया ती किशोरीलाई स्वास्थ्य परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको छ। जाहेरीमा नाम उल्लेख गरिएका व्यक्तिहरूसहित थप केही अपरिचित व्यक्तिहरूले समेत पटक-पटक जबरजस्ती करणी गरेको किशोरीको भनाइ छ।