रबिन्द्र यादव/भदौ ३१,नवलपरासी ।नेकपा एमाले का महासचिव इश्वर पोखरेलले एक कार्यक्रमका विच पौवा ट्रसको शिलन्यास गर्नु भएको छ ।&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/भदौ ३१,नवलपरासी ।नेकपा एमाले का महासचिव इश्वर पोखरेलले एक कार्यक्रमका विच पौवा ट्रसको शिलन्यास गर्नु भएको छ ।&n"/>
2026-09-19 09:01 AM
नवलपुर - NWL

नवलपरासीको त्रिवेणी घाटमा पौवा (ट्रस्ट) को शिलन्यास

रबिन्द्र यादव/भदौ ३१,नवलपरासी ।नेकपा एमाले का महासचिव इश्वर पोखरेलले एक कार्यक्रमका विच पौवा ट्रसको शिलन्यास गर्नु भएको छ । 

शिलन्यास कार्यक्रममा बोल्दै महासचिव पोखरेलले हाम्रो देश अनेकतामा एकता भएको देश हो हामी प्राकृतिक रूपले धनि छौ,सवै मिलेर विकास कार्यमा अघि वढ्न जरुरि छ । स्थानिय स्तरमा सरकारी निकायले निर्माण गर्नुपर्ने पूर्वाधारलाई युवा सक्रियातामा निर्माण हुनु सकारात्मक कदम भएको बताउदै उनले एमाले पार्टि जनताप्रति उत्तरदायि भएको पौवा निर्माण एउटा उदाहरण भएको बताए ।

नेकपा एमाले र युवासँघ नेपाल क्षेत्र नम्बर ६ नवलपरासीको सँयुक्त पहलमा पौवा निर्माण गर्न थालिएको युवा सँघ नेपाल क्षेत्र नम्बर ६ का अध्यक्ष ज्ञान प्रसाद पाठक (सन्तोष) ले जानकारी दिए । 

त्रिवेणी घाटमा दाह सँस्कार गर्नेहरुको चाप बढदै गएको र सागर जानेहरुको लागि घामपानीबाट ओतलाग्ने समेत कुनै सुविधा नभएकोले ‘युवासँघमा आवद्धता, सामाजिक काममा प्रतिवद्धता’ भन्ने नारालाई आत्मसाथ गर्दै पौवा निर्माणमा युवा शक्ति क्रियाशिल भएको उनले बताए । 

पौवा निर्माणको लागि करिव ८ लाख खर्च लाग्ने र निर्माणकार्यमा लाग्ने खर्च सहयोग उठाएर कार्तिक महिना भित्रै पुरा गरिने एमाले क्षेत्र नम्बर ६ का अध्यक्ष राम प्रसाद अर्यालले जानकारी दिएका छन् । 

शिलन्यास कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य बैजनाथ चौधरीले सुस्ता लगाएत त्रिवेणि क्षेत्रको बिकास तथा प्रादेशिक सिमांकन का समस्याहरु सदनमा कुरा उठाउने जानकारी दिए । कार्यक्रममा जिल्लाका नेता लगायत कार्यकर्ता र स्थानियहरुको उपस्थिती रहेको थियो । त्रिबेणी दाहसंस्कार घाटमा दिनहुँ नेपाल भारत गरि पाच देखि दस शव आउने गरेको स्थानीय बताउछन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई