<p><b>मङ्सिर २६, नुवाकोट |</b> नुवाकोटको विदुर नगरपालिकाको एक होटलमा एक स्थानीय मृत फेला परेका छन् । दुप्चेश्वर गाउँपालिका ६ ढाँडखर्कका ४५ वर्षीय स्थानीय जीतबहादुर तामाङ मोक्तान होटलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरीले बताएका छन् । <br></p><p>उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशुली लगिएको छ । उनको मृत्यु भएको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।</p>
Related News


