सन्तोषकुमार गुप्ता । भदौ, ३१ देउखुरी । देउखुरीको सिसहनियाँ स्वास्थ्य चौकी दाङ जिल्लामै उत्कृष्ट भएको छ । सिसहनियाँ स्वास्य चौकीको विहिवार वार्षिक लक्ष्य प्रगतिको समिक्षा गोष्ठीमा यस्तो जानकारी गराइएको हो । सिसहनियाँ स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा गाविस सचिव मंगलप्रसाद चौधरीको अध्यक्षता एवम् सिसहनयाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीको प्रमुख आथ्यितामा भएको समिक्षा गोष्ठीमा निमित्त चौकीका इन्चार्ज नारायण राउतले प्रगति विवरण प्रस्तुत गर्दै यस आर्थिक वर्षमा सुत्केरी हुन आउनेलाई समस्या नहोस भन्नका लागि सुविधा सम्पन्न सुत्केरी आवस भवन निमार्ण गर्ने बताए । साथै उनले परिवार नियोजनका साधन प्रगोगकर्ताको सख्यामा वृद्घि गर्ने र र्आिर्थक वर्ष ०७२÷०७३ मा भएका कार्यक्रम तथा योजनामा सुधार गर्ने बताए ।

स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य विष्णुप्रसाद चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाली काँग्रेसका भिमलाल चौधरी, नेकपा माओवादी केन्द्रका शान्तराज शर्मा, नेकपा माओवादी क्रान्तिकारीका भगवता शर्मा, राष्ट्रिय जनमोर्चाका माधवप्रसाद आचार्य, वडा नागरिक मञ्च वडा नं. १ का संयोजक विद्याशरण चौधरी र सिनियर अहेव खुमानन्द भट्टराई लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए कार्यक्रमको सञ्चालन अहेव शारदा बेल्वासेले गरेका थिए । हाल संस्थामा सुत्केरी गराउन आउने विरामीलाई नगद रु ५०० र पहाडी क्षेत्रकालाई थप यातायात खर्च वाफत ५०० गरी १ हजार रुपैया र न्यानो लुगा समेत दिदै आएको छ । यसैगरी केन्द्रले क्षय तथा कुष्ठरोगको उपचार तथा परामर्श दिनुका साथै मनोपरामर्श केन्द र रिफरल सेन्टर समेत स्थापना भई काम गरिरहेको छ ।