शिबराज पन्थी । भदौ, ३१ देउखुरी । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  शिबराज पन्थी । भदौ, ३१ देउखुरी ।
2026-09-19 04:14 PM
दाङ्ग - DNG

गढवाको वालकल्याणमा अभिभावक भेला सम्पन्न

 शिबराज पन्थी । भदौ, ३१ देउखुरी । देउखुरीको गढवा स्थीत बाल कल्याण आधारभूत बिद्यालयमा शुक्रबार अभिभावक भेला सम्पन्न भएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रामनोरथ यादवको अध्यक्षता र जिल्ला शिक्षा कार्यालय दाङका बिद्यालय निरिक्षक बेगम केसीको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा स्रोत ब्यक्ति उपेन्द्र चालिसे र रामप्रसाद जैसीले बिद्यालयका प्राबिधिक कामहरु अगाडी बढाउन शिक्षा ऐनको आठौं संशोधन बमोजिम बिद्यालय ब्यवस्थापन समिति गठन प्रकृयाका बारेमा प्रकास पारेका थिए । 

कार्यक्रममा बिद्यालयका संस्थापक अध्यक्ष हुमाकान्त सुबेदी, शिक्षक अभिभावक संघका अध्यक्ष पटवारी यादव लगायतले बोलेका थिए । सो अबसरमा शिक्षाप्रेमी कमला परियारले १५ हजार राशीको असहाय अपाङ्ग अक्षयकोष घोषणा गरी नगद रकम समेत हस्तान्तरण गरेका थिए । भेलाले पार्वती पुलामी, कल्पना घर्ति महिला अभिभावक तथा पटवारी यादव र टोपलाल आचार्यलाई निर्बिरोध चयन गरेको छ । बिद्यालयका प्रधानध्यापक समेत गरी पाँचजनाको टोलीले तत्काल बैठकबसी चन्दादाता कमला परियार र हुकुमराज यादवलाई मनोनित गरेको छ । शिक्षा ऐनको आठौं संशोधन बमोजिम छानिएका अभिभावक मध्येबाट अध्यक्षको चयन गरीने गरी चार जना अभिभावक, दुईजना शिक्षाप्रेमी तथा चन्दादाताको मनोनित गर्ने र स्थानिय निकायको निर्बाचन पछि वडा अध्यक्ष समेत प्रअ सदस्य सचिव एवं एक जना शिक्षक प्रतिनिधि रहनेगरी ब्यबस्था गरिएको छ । भेलाको सहर्जीकरण बिद्यालयका प्रधानाध्यापक ताराप्रसाद ढुङ्गानाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा