2026-11-02 03:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महाकाली तटीय क्षेत्र : उहिले बाढीको त्रास, अहिले पर्यटकीय गन्तव्य

पुस ३, महेन्द्रनगर | विसं २०७० अघि हरेक वर्षात्मा महाकाली नदीमा आउने बाढीले भीमदत्त नगरपालिकाको तटीय क्षेत्रका नागरिकको दैनिकी त्रासदीपूर्ण हुन्थ्यो । बाढीले भीमदत्त नगरपालिका–११ भुजेला, १२ ऐरी ओदाली र वडा नं १३  पिपरीया क्षेत्रमा सयौँ बिघा जमिन बगरमा परिणत भएको थियो । महाकालीको बाढीका कारण सयौँ परिवार विस्थापित बने । तर अहिले महकालीको तटीय क्षेत्र पर्यटकीय गन्तव्यमा परिणत भएको छ । सधैँ बाढीको त्रास रहने उक्त क्षेत्र पर्यटकीय गन्तव्य बनेकामा स्थानीयवासीमा खुसीको सीमा छैन ।

यहाँ पुलसँगै निर्माण भएको पहुँचमार्ग भाइरल रोडका रुपमा परिचित बन्दा यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । “जहिल्यै वर्षात्मा महाकाली उर्लेर आउँथ्यो, कहाँ गएर आश्रय लिनेभन्ने समस्याले सताउँथ्योे”, भीमदत्त नगरपालिका–१२ की चन्द्रकला सोनहाले भन्नुभयो, “बाढीले कटान गर्ने ठाउँमा अहिले छ लेनको सडक बनेको छ, सेल्फी खिच्न आउनेको यहाँ घुइँचो लाग्छ ।”

महाकाली नदीमा अर्बौंको लगानीमा चार लेनको पक्की पुलसँगै गड्डाचौकीदेखि दोधारा चाँदनीको सुक्खाबन्दरगाह प्रस्तावस्थलसम्म छ लेनको कालोपत्र सडक बनेपछि यहाँ बाढीको त्रासदी हटेको छ । “बाढीले बगाउँछ भने यहाँ जग्गा किन्न कोही पनि आउँदैनथे, अहिले जग्गाको मूल्य अकासीएको छ”, भुजेलाका रामसिंह सुनारले भन्नुभयो, “अहिले जग्गाको मूल्य महेन्द्रनगर बजारको हाराहारी छ ।”

बाढीका बेला सुरक्षा निकायले उद्धार गरेर नजिकैको स्कुलमा हप्ताँै बसेको विगत सुनाउँदै सुनारले सो क्षेत्रको विकासले यहाँको स्थानीयको अवस्थामा पनि व्यापक सुधार आउने बताउनुभयो । “दिनहुजसो यहाँ जग्गा खरिदका लागि आउँछन्”, उहाँले भन्नुभयो, “उहिलेको र अहिलेको भुजेलामा धेरै अन्तर भइसकेको छ ।”

विसं २०७० सम्म वर्षात्का बेला महाकाली उर्लिंदा मुलुककै ध्यान तान्ने गरेको विपत्को स्थिति गुजारेको तटीय क्षेत्रमा अहिले दिनहँुजसो भाइरल रोड र पक्की पुलमा फोटो खिच्न आउनेको घुइँचो नै लाग्ने गरेको स्थानीयवासी बताउँछन् । गड्डाचौकीदेखि दक्षिणतर्फ महाकाली नदीमा निर्माण भएको पुलसम्मको पहुँच मार्ग निर्माणले यहाँका धेरै बस्ती बाढीको जोखिमबाट मुक्त भएका छन् । गत वर्ष कात्तिकमा आएको बाढीले यहाँ सडकमा समान्य क्षति पु¥याए पनि बाढी बस्तीमा पस्नबाट सडक नै सहयोगी बनेको स्थानीयवासीको भनाइ छ । सो समयमा पोखरी निर्माणका लागि ढुङ्गाको व्यवस्थापन नहुँदा बाँध निर्माण सुरु भइसकेको थिएन । बाँध नहुँदा नै पहुँच मार्गमा क्षति पुगेको निर्माण कम्पनीले जनाएको छ । 

विगतमा भुजेलादेखि पिपरियासम्मको तटीय क्षेत्रमा महाकाली नदीमा जनताको तटबन्ध कार्यालय तटबन्ध निर्माण गरी बस्ती जोगाउन सक्रिय थियो । “तटबन्ध नहुँदा विगतमा स्थानीयका घरदेखि विद्यालयसम्म बगे ।” भुजेलाकै मानवीर भट्टले भन्नुभयो, “वर्षात्मा त स्थानीय प्रशासनको ध्यान यहाँकै जनता र बस्ती कसरी जोगाउने भन्नेमा हुन्थ्यो ।”

महाकाली नदीमा पुल निर्माण गरिरहेको कुमार सिएफइसी जेभीका इञ्जिनीयर किशोरराज पाण्डेयले गड्डाचौकीदेखि निर्माणाधीन पुलसम्मको पहुँच मार्ग कालोपत्र सकिन लागेको जानकारी दिनुभयो । आठ दशमलव छ किलोमिटर कालोपत्रमध्ये छ किलोमिटर सडक निर्माण भइसकेको उहाँले बताउनुभयो । पुल ओहोरदोहोरका लागि मात्रै नभएर पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण रहेको इञ्जिनीयर पाण्डेयको भनाइ छ । 

“पुलको दुवैतर्फ (उत्तर र दक्षिण) बाँध बाधेर आँखा आकारका पोखरी निर्माण पुलकै प्याकेजभित्र छ”, उहाँले भन्नुभयो, “पोखरीका लागि बाँध बाध्ने काम विगत एक महिनायता जारी छ ।” इञ्जिनीयर पाण्डेयले पोखरी निर्माण सकिए यहाँका पालिकाको आयस्रोतसमेत बढ्ने बताउनुभयो ।

“पोखरीको बीचमा तीन÷तीन वटा टापु बन्ने छन्, त्यहाँ ढुङ्गा चढेर आउन जान सकिनेछ”, इञ्जिनीयर पाण्डेयले भन्नुभयो, “पोखरीमा माछापालनदेखि ढुङ्गा सञ्चालन गरेर यहाँका पालिकाले पर्यटकलाई लोभ्याउन सक्छन् ।” रु तीन अर्ब ६६ करोडको लागतमा निर्माण हुन लागेको उक्त पुलको सबै काम आगामी वर्षभित्र सक्नेगरी निर्माण अघि बढेको छ ।

पुलको उत्तरपट्टी एक वर्गकिलोमिटरभन्दा ठूला दुई तथा दक्षिणतर्फ ० दशमलव तीन वर्ग किलोमिटरका दुई गरी चार वटा पोखरी निर्माण हँुदैछन् । त्यसैगरी पक्की पुलबाट करिब अढाइ किलोमिटरको दूरीमा दक्षिण एशियाकै लामो दोधाराचाँदनी झोलुङ्गे पुल रहेको छ । यहाँ हरेक दिन आन्तरिक तथा बाह्य पर्यटक अवलोकनका लागि आउने गरेका छन् । भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहरा झोलुङ्गे पुलदेखि चार लेनको पक्की पुलसम्मको सडक कालोपत्र गर्नसके स्थानीयका साथै पर्यटकलाई आवतजावत गर्न सहज हुने बताउनुहुन्छ । उहाँले  भन्नुभयो, “यति सडक मात्रै बनाउनसके यहाँ पर्यटकीय गतिविधि बढ्छ ।”

लामो समय महाकाली तटीय क्षेत्रका नागरिकले कष्ट व्यहोरे पनि पुल बनेसँगै आर्थिक गतिविधि बढिरहेको बोहराले बताउनुभयो । “सुक्खा बन्दरगाह र त्रिदेशीय नाका बनाउने एजेण्डाले जग्गाको कारोबार नै आकासिएको छ”, उहाँले भन्नुभयो, “सुक्खा बन्दरगाहदेखि नेपाल–भारत र चीनको त्रिदेशीय नाकाका रुपमा विकास भए सुदूरपश्चिमकै कायापलट हुनेछ ।”

पक्की पुल पारी दोधाराचाँदनी नगरपालिका–१ मा दुईवटा सामुदायिक वनमा सुक्खा बन्दरगाह प्रस्ताव गरेर प्रक्रिया अघि बढाइएको छ । यसैगरी पहुँच मार्गलाई गड्डाचौकीबाट उत्तरतर्फको ब्रह्मदेवसम्म विस्तार गरेर त्यहाँबाट जोगबुढा हुँदै दार्चुलासम्मको महाकाली करिडोरलाई जोड्ने योजना छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द