2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

रौतेलीमा ३ दिने महिला नेतृत्व विकास तालिम सम्पन्न

विमल धामी | असोज १, कञ्चनपुर | कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र साविक रौतेली विचवा गाविस–८ मा रहेको दीपज्योति रेडियो श्रोता समूहले साझेदारी विकास–विकासका लागि साझेदारी महिला नेतृत्व विकास सम्वन्धि ३ दिने तालिम सञ्चालन गरेको छ । साझेदारी विकास परियोजना अन्र्तगत इक्वाल एक्सेस सस्थाको सहयोगमा रेडियो श्रोता समुहले ग्रामिण क्षेत्रका महिलालाई महिला अधिकार सम्वन्धि र महिलाले पनि नेतृत्वदायि भुमिका निर्वाह गर्न सकुन भन्ने उदेश्यले तालिम आयोजना गरेको हो ।

स्थानिय विकासका काम लगायत बिभिन्न ठाउँमा महिलाको सहभागिता निकै कम हुने हुनाले महिलालाई सशक्तिकरण पार्न बुधवार देखी शुक्रवार सम्म तालिम आयोजना गरेको समुहले जनाएको छ । दीपज्योति रेडियो श्रोता समुहका सहजकर्ता रामकुमारी रानाले भने महिलाहरुले आफ्नो हक अधिकारको बारेमा थाहाँ नपाएकै कारण महिला हिंसामा पर्नुपरेको बाउदै महिलाहरुलाई सचेत पार्न यस्तो तालिम आयोजना गरेको बताइन ।  बेल्डाँडी नगरपालिकाका सयुक्त वडा कार्यालयका वडा सचिव ध्रुवराज भण्डारीले सहभागिहरुलाई धन्यवाद दिदै भने बेल्डाँडीमा हालसालै प्रत्येक वडामा महिला सञ्जाल गठन गरिएको र छिट्टै नगर स्तरिय महिला सञ्जाल गठन गर्नमा सहयोग गर्ने बताउदै महिलाको हक अधिकार सुनिच्छित गर्नमा आफु कहिलै पछाडी नहट्ने कुरा बताउनु भयो । उनले भने यास्ता क्षमता अभिबृद्धी तालिम रौतेलीमा अति आवस्यक भएको र आफुहरुले पनि आगामी दिनहरुमा यस्ता क्षमता विकासका तालिम आयोजना गर्ने पुर्ण प्रयास गर्ने जानकारी गराए ।

उक्त कार्यक्रमको सहजिकरण अधिवक्ता नरेन्द्र सिहले गरेका थिए । सहभागि महिलाहरुले भने यो तालिमले हामीलाई निकै फाईदा भएको र आगामी दिनहरुमा बेला बेलामा यस्ता तालिम आयोजना गरे आफुहरुको जिवनमा सकारात्मक परिर्वतन आउने बिचार ब्यक्त गरे । ग्रामिण भेगका सहभागि महिलाले भने यस्तो तालिम हामीले कहिलै नपाएको र यो तालिमले हामी सबैका आखाँ खोलिदिएको बताए । आगामी दिनमा पनि लक्षित महिलाका लागि तालिम दिनु पर्नेमा जोड दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई