असोज १, म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने सडकको बेनी–घाँसा सडकखण्डमा आजदेखि यातायात सेवा अवरुद्ध भएको छ । 

बेग–६ स्थित बेगखोलामा आएको बाढीले अस्थायी सडक बगाएपछि बेनी–घाँसा सडकमा यातायात सेवा अवर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १, म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने सडकको बेनी–घाँसा सडकखण्डमा आजदेखि यातायात सेवा अवरुद्ध भएको छ । 

बेग–६ स्थित बेगखोलामा आएको बाढीले अस्थायी सडक बगाएपछि बेनी–घाँसा सडकमा यातायात सेवा अवर"/>

2026-06-17 03:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

बेनी–घाँसा खण्ड अवरुद्ध

2016-09-17

असोज १, म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने सडकको बेनी–घाँसा सडकखण्डमा आजदेखि यातायात सेवा अवरुद्ध भएको छ । 

बेग–६ स्थित बेगखोलामा आएको बाढीले अस्थायी सडक बगाएपछि बेनी–घाँसा सडकमा यातायात सेवा अवरुद्ध भएको हो । सोह्र श्राद्ध र मुस्ताङको स्याउ ढुवानी गर्ने समयमा सडक अवरुद्ध हुँदा स्थानीयबासिन्दा, कृषक, तीर्थयात्री र पर्यटक चिन्तित भएका छन् । 

बेगखोलामा भदौ १६ गते राति आएको बाढीले सडक र बेलिब्रिज बगाएपछि केही दिनअघि अस्थायी सडक यातायात सेवा सञ्चालन गराइएको थियो । गए राति आएको बाढीले अस्थायी सडक बगाएपछि पैदलैसमेत हिँडडुल गर्न कठिनाइ भएको स्थानीयबासिन्दा बुद्धि पुनले जानकारी दिनुभयो । 

“बेनीबाट मुस्ताङतर्फ र मुस्ताङबाट बेनीतर्फ छुटेका सवारी साधन लगायत २०० भन्दा बढी यात्रु खोला तर्न नसकेर अलपत्र परेका छन्”–पुनले भन्नुभयो । बाढीले विद्युत्को पोल र तारसमेत बगाएकाले तिप्ल्याङ, हिस्तान, राम्चे, शिख, घार, दोवा, भुरुङ तातोपानी, नारच्याङ गाविस र मुस्ताङमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध भएको छ । 

यसैगरी पहिरोका कारण बेग–१ बाँसबोट, २ लिस्ने, बादुक, बेगखोला, भगवतीको कल्लेनी र माझखर्कमा २५ घर विस्थापित हुनुका साथै २२ घर जोखिममा परेका छन् । बेगमा दुई वटा झोलुङ्गे पुल बाढी र पहिरोले बगाएको छ भने दुई वटा विद्यालय जोखिममा परेका छन् । 

म्याग्दीका प्रजिअ केशवराज आचार्यले सडक डिभिजन कार्यालय बागलुङ र नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रसँग समन्वय गरेर सडक र विद्युत सञ्चालन गराउन पहल गरिएको बताउनुभयो । 

खोलामा बाढी नघटेसम्म सडक र विद्युत् मर्मत गर्न नसकिने अवस्था रहेको छ । पहिरोको जोखिममा रहेकालाई सर्तकता अपनाउन अनुरोध गर्दै प्रजिअ आचार्यले विस्थापितको व्यवस्थापनका लागि पहल गरिएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ