असोज २, परासी | परिवर्तनको शुरुवातका लागि व्यक्तिले पहिला आफ्नो मनलाई परिवर्तन गर्न आवश्यकता रहेको एक कार्यक्रममा जोड दिईएको छ । व्यक्तिले आफनो मनलाई परिवर्तन गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २, परासी | परिवर्तनको शुरुवातका लागि व्यक्तिले पहिला आफ्नो मनलाई परिवर्तन गर्न आवश्यकता रहेको एक कार्यक्रममा जोड दिईएको छ । व्यक्तिले आफनो मनलाई परिवर्तन गर"/>
2026-09-19 08:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

‘मन परिवर्तन गर्न सके सँसार सजिलै परिवर्तन हुन्छ’

असोज २, परासी | परिवर्तनको शुरुवातका लागि व्यक्तिले पहिला आफ्नो मनलाई परिवर्तन गर्न आवश्यकता रहेको एक कार्यक्रममा जोड दिईएको छ । व्यक्तिले आफनो मनलाई परिवर्तन गरि आफ्नो मन परिवर्तन गरे मात्र समाज परिवर्तन सम्भव रहेको सो कार्यक्रममा औल्याइएको थियो ।

सामुदायिक रेडियो परासीको आयोजना र भेट्रान समाज नेपाल अन्तरगतको स्वाध्यायन समाजको सहयोगमा परासीमा भएको अभिमुखिकरण कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन । कार्यक्रममा पुर्ब महासेनानी एवम् भेट्रान समाजका अगुवा अभिराज आचार्यले मान्छेका ईच्छा आकाँक्षा जिज्ञासालाई समानान्तर ढङ्गबाट अगाडी बढाउदै मनलाई एकीकृत गर्न सकियो भने मान्छेले चाहेका हरेक सफलता  सजिलै प्राप्त गर्न सक्ने बताउनुभयो ।

सो सँस्थाका सँस्थापक अध्यक्ष समेत रहनुभएका आचार्यले आफुसँगै समाज, देश र राष्ट्रलाई जित्न सर्बप्रथम व्यक्तिले मनलाई स्वच्छ बनाई दृढ सँकल्प लिएर अगाडी बढ्नु पर्ने बताउनुभयो । अहिलेको आध्यात्मबादबाट अगाडि बढ्न सके सबैलाई सफलता प्राप्त हुने बताउनुभयो । 

रामग्राम नगरपालिका भित्र रहेका युवा तथा बिभिन्न सँस्थामा आबद्ध ४० जनाको सहभागिता रहेको उक्त प्रशिक्षण कार्यक्रमको सँयोजकत्व सामुदायिक रेडियो परासीकी समाचार सहायक सरु शर्माले गर्नुभएको थियो भने सहजिकरण सँस्थाका महासचिव सुबर्ण कुमार खड्काले गर्नुभएको थियो । कार्यक्रममा सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्ज का उपाध्यक्ष राजकुमार रेश्मि, प्रबन्ध निर्देशक मेघराज गौतम, नागरीक समाज नवलपरासीका अध्यक्ष शम्भु उपाध्याय लगायतले बोल्दै समाज रुपान्तरणका लागि यो अभियानले ठुलो सहयोग गर्ने भन्दै आगामी दिनमा यस्ता प्रशिक्षणलाई गाउँ केन्द्रीत पनि गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई