2026-07-05 02:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीको बेगखोलामा एक घर बगायो

असोज २, बेनी (म्याग्दी) । शनिबार रातिको वर्षाले उत्तरी म्याग्दीको बेगखोला–६ मा एउटा घर बगाएको छ । नदी कटानले जोखिममा परेको स्थानीय नन्दप्रसाद भट्टचनको कच्ची घर बगाएको हो । कटानले तीन घर उच्च जोखिममा परेका छन् । 

प्रहरीले दिएको जानकारीअनुसार कुमारी गर्बुजा, सुनमायाँ सिङ्जाली र झिल्के श्रेष्ठका घर जोखिममा छन् । 

बेनी–जोमसोम जोड्ने अस्थायी मार्गलाई समेत ठाडोखोलाले जोखिममा पारेको छ । बाढी र नदी कटानले पारेको जोखिमको अवलोकन गर्न प्रजिअ केशवराज आचार्य, प्रहरी नायब उपरीक्षक विश्वराज खड्कासहितको टोली घटनास्थलमा पुगेको छ । 

बाढीले विद्युत्को पोलमा समेत असर गरेपछि त्यसलाई मर्मत गर्न प्राधिकरणको टोलीसमेत बेगखोला गएको बाढी पीडित व्यवस्थापन समितिले जनाएको छ । साँझपख लगातार फेरि वर्षा हुँदा खोलाको सतह घट्न सकेको छैन । 

आवतजावतका लागि बनाइएको संरचनामा समेत क्षति पुगेपछि उत्तरी क्षेत्रका बासिन्दा जोखिमपूर्ण तरिकाले खोला वारपार गरिरहेका छन् । 

यसैबीच, बेगखोला–१, बेग र लिस्ने गाउँमा पहिरो गएपछि २७ घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएपनि दीर्घकालीन पुनःस्थापनाको पहल गर्न स्थानीयले माग गरेका छन् । सिङ्गो वस्ती नै धाँजा फाट्दै तल सरेको र गाउँको मुनिबाट पहिरो जान थालेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै