माघ २, कपिलवस्तु | माघे सक्रान्तिका अवसरमा आयोजित माघी मेलामा बेलुन फुलाउने सिलिण्डर विष्फोट हुँदा बेलुन बिक्रेताको मृत्यु भएको छ।

मृत्यु हुनेमा बेलुन बिक्रेता वाणगंगा नगरपालिका-८ का ६५ वर्षीय नासिर मोहम्मद रहेको प्रहरीले जनाएको छ।

ग्यास सिलिण्डरबाट बेलुन फुलाउँदै गर्दा बेलुन विष्फोट भएको हुँदा घटनास्थलमै मोहम्मदको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दीपकबाबु केसीले बताए।

कपिलवस्तुको वाणगंगा नगरपालिका-९ कपिलधाममा माघे सक्रान्तिका अवसरमा स्थानीय थारु कल्याणकारी सभाले माघी मेलाको आयोजना गरेको थियो।

Related News