सामाजिक सञ्जालबाट ब्ल्याकमेल र ठगी, १९ र १७ वर्षका २ युवक पक्राउ

साझासवाल
1 Min Read

<p><b>माघ ५, काठमाडौँ | </b>सामाजिक सञ्जालबाट डरधम्की दिएको र ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले नुवाकोटका १९ वर्षका विवेक आचार्य र १७ वर्षका अर्का एक जनालाई पक्राउ गरेको छ । १७ वर्ष भन्दा कम उमेरको व्यक्ति भने बालिग नभएका कारण प्रहरीले नाम गोप्य राखेको हो ।</p><p>उनीहरुले चलचित्र क्षेत्रमा काम गर्नेहरुलाई आफू मोडलिङ क्षेत्रको व्यक्ति हो भन्दै नेपाली गीतहरुको लिंक सेयर गर्न लगाउने, भिडियो कलमा आफू नांगो भई कुरा गर्ने र त्यसको स्क्रिन सट राख्ने र उक्त भिडियो परिवारका सदस्यलाई पठाइदिन्छु भनेर धम्की दिने गरेको ब्यूरोका उपनिर्देशक प्रहरी उपरीक्षक पशुपतिकुमार रायले बताए । त्यस्तै उनीहरुले सामाजिक सञ्जालको एकाउन्टको पासवर्ड मागेर आफैं चलाउने र ब्ल्याकमेल गरी ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।</p><p>उनीहरुलाई सामाजिक सञ्जालको दुरुपयोग मार्फत ठगी गरेको कसूरमा हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएको प्रहरी उपरीक्षक रायले जानकारी दिए ।</p>

Share This Article
Leave a Comment

Leave a Reply