पढ्न करिब 1 मिनेट लाग्छ

असोज ३, नवलपरासी । अबिरल वर्षाका कारण नवलपरासीको देउराली स्थित गिरुवारी खोलामा आएको भिषण बाढीले तटबन्ध भत्किएको छ ।

तटबन्ध भत्किएपछि बाढिले पुलपुलैया र देउराली सोतीखोला खानेपानीका पाईहरु समेत बगाएको छ । बाढिका कारण करिब पाँचदिनदेखि विद्यार्थीहरु पढाईबाट बन्चित हुदै आएका छन् भने स्थानियहरु खानेपानी बाट समेत बन्चित हुन पुगेका स्थानियले बताए ।

पुर्वपश्चि राजमार्गबाट १४ किलो मिटर भित्र पहाडमा रहेको देउराली गाविसबासी यतिबेला बाढिले पिडित भएका छन् । बाढिले मानविय क्षति नभएपनि बढदै गएको बाढिले ३ सय हेक्टेयर क्षेत्रफलका धानबाली क्षतिग्रस्त हुने सम्भावना बढदै गएको स्थानियले बताए ।

बाढिबाट तर्सित स्थानियले पटक पटक जिल्लाको सम्बन्धित निकायमा खबर गर्दा पनि कुनै नियकाले चाँसो देखाएको छैन । भित्री पहाडी ईलाका देउराली पुग्न एउटा मात्र बाटो रहेको छ । बढदै गएको बाढिले बाटो समेत भत्किने अवस्थामा पुग्न थालेको छ ।