Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ असोज ०३ गते, बिहान ११:५२ बजे दाङ्ग - DNG, समाज

धुँवाले निस्सासिएर दाङमा एक मजदुरको मृत्यु, दुई जना अचेत

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

सन्तोषकुमार गुप्ता । असोज, ३ दाङ । धुँवाले निसासिएर दाङमा एक जना मजदुरको मृत्यु भएको छ भने थप दुईजना अचेत छन् ।

सल्यान जिल्ला फलावाङ गाविस वडा नं. ८ निवासी ५० वर्षीय इन्द्रलाल विष्टको लामखुट्टे धवाउन कोठामा बालेको भुसे चुलोको धुँवासले निसास्सिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख सञ्तोष रोकाले जानकारी दिए ।

कामको सिलसिलामा दाङ तुलसीपुर नगरपालिका वडा नं. ३ श्रीगाँईमा डेरागरी बस्दै आएका थिए । कोठामा झ्याल नभएको र ढोका लगाएर भुसेचुलो बालेपछि कोठाभरी विषाक्त ग्याँस कार्वनडायअक्साड, मोनोअक्साईड भरिएपछि अक्सिजनको अभवामा विष्टको मृत्यु भएको उपचारमा सम्लग्न चिकित्सकले जानकारी दिए ।

वष्टसंग कोठामा संगै सुतेका सल्यान फालावाङकै थप दुईजनाको अवस्था यो खबर तयारपार्दा सम्म होस खुल्न सकेको छैन । ३५ वर्षीय धर्म योगी र ३२ वर्षीय टोपबहादुर विकको अचेत अवस्थामा राप्ती अञ्चल अस्पताल तुलसीपुर दाङमा उपचार भइरहेको छ ।

विष्ट कोठा भित्रै सोमवार विहान मृत अवस्थामा फेला परेका थिए । अचेत अवस्थामा रहेका थप दुईजनालाई उद्धारगरी अस्पतालमा पुर्याईएको ईप्रका तुलसीपुरका निमित्त प्रमुख रोकाले जानकारी दिए ।