2026-07-05 02:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

विराटनगरमा एक अर्बको लागतमा सपिङ कम्प्लेक्स निर्माण

असोज ३, मोरङ ।  एक अर्बभन्दा बढीको लगानीमा विराटनगरमा ११ तले महल ९सपिङ कम्प्लेक्स० निर्माण अघि बढाइएको छ । 

पूर्वाञ्चलको आवश्यकतालाई मध्यनजर गरेर उद्योगपति मोती दुगडले विराटनगर–७ स्थित शिव मन्दिर छेउमा महल निर्माण सुरु गरेको बताउनुभयो । 

एकै स्थानमा सबै सुविधा उपयोग गर्न पाइयोस् भन्ने उद्देश्यले महल निर्माण सुरु गरेको यो महल सम्भवतः नेपालकै ठूलो महलका रुपमा स्थापित हुने र भारतीय सीमाक्षेत्र जोगवनीले जस्तै यो महलको निर्माणले नेपाली ग्राहकलाई आकर्षित गर्ने उहाँले जानकारी दिनुभयो । 

जमिन मुनिको तलामा २५० भन्दा बढी सवारी साधन एकैपटक राख्न सक्ने गरी निर्माण भइरहेको सो महलभित्र सपिङ सेन्टर, डिपार्टमेन्टल स्टोर्स सञ्चालनमा ल्याइने उद्योगी दुगडको भनाइ छ । 

डिपार्टमेन्टल स्टोर्स पुग्नका लागि लिफ्ट वा बिजुलीबाट चल्ने सिँढी राखिने, महलभित्र हेल्थ क्लब, फुटर्कार्ट, थ्रिडी सिनेमा हल र बच्चाका लागि वाटर पार्क, प्ले जोनको निर्माण हुनेछ । पाँचतारे होटल, स्विमिङ पुल, सभा समारोह गर्ने थिएटर, हलसमेत रहने महल व्यवस्थापनले जनाएको छ । 

एक बिगाहा छ कट्ठा जमिनमा निर्माण हुन लागेको महलमा एक सयभन्दा बढी कोठा रहने र महलको पछिल्लो भागमा होटल रहने छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै