Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुदूरपश्चिममा ठूलो भूकम्प गराउने शक्ति जमिनमुनि सञ्चित, महाभूकम्पको खतरा

२०७९, १५ माघ आईतवार ०६:२१

माघ १५, धनगढी । सुदूरपश्चिममा ठूलो भूकम्प गराउने शक्ति जमिनमुनि सञ्चित रहेकोले जतिबेला पनि ठूलो भुकम्प आउन सक्ने बताइएको छ । वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले सुदूरपश्चिममा ठूलो भूकम्प गराउने शक्ति जमिनमुनि सञ्चित भएर बसेको बताए ।

८ म्याग्निच्युट भन्दा ठूलो भूकम्पलाई महाभूकम्प भन्ने गरिन्छ । हरेक एक सय वर्षमा महाभूकम्प जाने गरेको वरिष्ठ भूकम्पविद् अधिकारी बताउँछन् । उनले वर्षौदेखि भूकम्पीय शक्ति जमिनमुखि जम्मा भएर बसेकाले जुनसुकै समयमा पनि जोखिम आउन सक्ने बताए ।


गत कात्तिकमा डोटीमा केन्द्रविन्दु भएर ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो । गत मंगलबार बाजुराको मौला क्षेत्र नजिकै केन्द्रविन्दु बनाएर भूकम्प गयो । दुवै ठाउँ नजिकै पर्छ । ‘ठूलो भूकम्प गराउने शक्ति जमिनमुनि सञ्चित भएर बसेको छ । सुदूरपश्चिम भूकम्पीय क्षेत्रमा छ । यस क्षेत्रमा पटक–पटक सुक्ष्म, साना, मध्यम, ठूलो र महाभूकम्प बेलाबेलामा आउने जोखिम सधैंभरि रहन्छ ।

पूर्व–पश्चिममध्ये चारैतिर प्रत्यक वर्ष गइरहेको हुन्छ’ वरिष्ठ भूकम्पविद् अधिकारीले भने, ८ म्याग्निच्युट भन्दा ठूलोलाई महाभूकम्प, ७ देखि ८ म्याग्निच्युटलाई ठूलो र ६ देखि ७ म्याग्निच्युटलाई मध्यस्तर र त्यसभन्दा तललाई साना भूकम्प भन्ने गरिन्छ। सुक्ष्म र अति सुक्ष्म भूकम्प प्रायः गइनै रहेका हुन्छ ।

हामीले बुझ्न र सचेत हुनुपर्ने विषय भनेको अब पूरै सुदूरपश्चिम भूकम्पीय क्षेत्रमा छ। सोहिअनुसारको सावधान जोखिमबाट बच्ने उपाय भएको भूकम्पविद् बताउँछन् । २०७२ वैशाखमा गोर्खा केन्द्रविन्दु बनाएर ठूलो भूकम्प गएको थियो। त्यसले ठूलो जनधनको क्षति गरेको थियो । पूर्वजस्तै गोर्खाभन्दा पश्चिमतर्फको क्षेत्रमा निरन्तररुपमा भूकम्प आउँछ ।

तर विगत ५ सय वर्षयता गोर्खाभन्दा पश्चिमतर्फ देहरादुनसम्म पूर्वमा जस्तो महाभूकम्प गएको छैन । २०३७ सालमा बझाङमा ठूलो भूकम्प गएको थियो । २०५८ मा पनि बझाङ, बैतडी र दार्चुलातिर ठूलो भूकम्प गएको थियो । महाभूकम्पहरु सयौं वर्षको अन्तरालमा जान्छन् । नेपालमा दैनिकरुपमा ८ देखि १० वटा भूकम्प गइरहेका हुन्छन् ।

४ म्याग्निच्युट कमका भूकम्पहरु महसुस गर्न सकिदैन्। निरन्तर भूकम्प गइरहने क्षेत्र भनेको जोखिमको क्षेत्र हो । कञ्चनपुरको महेन्द्रनगर, झलारी, कैलालीको टिकापुर, अत्तरिया, धनगढी लगायत ठुला, मझौला तथा साना सहरी क्षेत्र समेत भूकम्पको जोखिममा रहेको भूकम्पविद्ले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश