<p><b>माघ १९, बनेपा | </b>बनेपामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएकाे छ । बनेपाबाट खार्पाचोक जाँदै गरेको बसले नमोबुद ७ स्थित २० किलोमा ८ बर्षीया बालिका दिबिसा अधिकारीलाई ठक्कर दिई घटनास्थलमै मृत्यु भएकाे हाे ।<br></p><p>उक्त घटनालाई लिएर आफन्तहरुकाे आक्रोशित भिडले बा २ ख ७३४२ नम्बरको बसमा आगजनी गरेका छन् । भने बिपि राजमार्ग बन्द छ । थप विवरण आउन बाँकी छ ।</p>
बनेपामा बसको ठक्करबाट ८ बर्षीया बालिकाको मृत्यु, बिपि राजमार्ग बन्द
Leave a Comment

