असोज ४ पर्वत ।जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र गुप्तेश्वर गुफा परिसरमा सत्तल निर्माणको लागि ३४ लाख भन्दा बढि खर्च भएको छ ।
     गुफा परिसरमा भिक्षु, साधुसन्तको लागि आवश्यक भौतिक पूर्वधार निर्माणको लागि ३४ लाख ४१ हजार ५ सय २१ रुपैयाँ खर्च भएको गुप्तेश्वर धार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ४ पर्वत ।जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र गुप्तेश्वर गुफा परिसरमा सत्तल निर्माणको लागि ३४ लाख भन्दा बढि खर्च भएको छ ।
     गुफा परिसरमा भिक्षु, साधुसन्तको लागि आवश्यक भौतिक पूर्वधार निर्माणको लागि ३४ लाख ४१ हजार ५ सय २१ रुपैयाँ खर्च भएको गुप्तेश्वर धार्"/>
2026-09-19 09:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

गुफाको भौतिक संरचना निर्माणमा ३४ लाख खर्च

असोज ४ पर्वत ।जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र गुप्तेश्वर गुफा परिसरमा सत्तल निर्माणको लागि ३४ लाख भन्दा बढि खर्च भएको छ ।
     गुफा परिसरमा भिक्षु, साधुसन्तको लागि आवश्यक भौतिक पूर्वधार निर्माणको लागि ३४ लाख ४१ हजार ५ सय २१ रुपैयाँ खर्च भएको गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्था निर्माण समितिले जनाएको छ । सोमबार निर्माण समितिले आयव्यय सार्वजनिक गरेको हो । सर्वसाधारण र विभिन्न संघसंस्थाको सहयोगबाट २८ लाख ९२ हजार २८ रुपैयाँ हालसम्म संकलन भएको समितिले जनाएको छ । समितिका अनुसार संकलित रकमभन्दा झण्डै ७ लाख रुपैयाँ बढी खर्च भएको    छ ।
    समितिका अनुसार उठेको रकम मध्ये संस्कृति तथा पर्यटन मन्त्रालयबाट ६ लाख ९९ हजार,  जिल्ला वन कार्यालयबाट २ लाख १७ हजार ४ सय १८ रुयैयाँ,  सहरी डिभिजन कार्यालय पोखराबाट १ लाख ८९ हजार ७ सय ५० रुपैयाँ,  मालपोत कार्यालय पर्वतबाट ७२ हजार,  सांसद विकास कोष सांसद अर्जुनप्रसाद जोशीबाट ७३ हजार ८ सय ७५, पर्यटन प्रवद्र्धनबाट १ लाख ३२ हजार २ सय ४ रुपैयाँ, कुश्मा नगरपालिकाबाट ९१ हजार ९ सय ५ रुपैयाँ, जिल्ला विकास समिति पर्वतबाट ९४ हजार ७ सय ९३ रुपैयाँ, जिल्ला भू(संरक्षणबाट १३ हजार ५ सय २५ गरी ९ लाख ३२ हजार ७ सय ७८ रुपैयाँ संकलन भएको छ । त्यसैगरी संकलित मध्येको बाँकी रकम  विदेशमा रहेका सर्वसाधारणबाट  गुफाको भौतिक संरचना निर्माणका लागि भनि सहयोग प्राप्त भएको बताइएको छ ।
गुफा परिसरमा यतिबेला सत्तल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । त्यसैगरी गुफा अगाडि भागमा १०८ शिवलिंग र दियो राख्ने कामलाई सवै श्रद्धालु भक्तजनहरुसँग आर्थिक सहयोग उठाएर सम्पन्न गर्ने समितिले लक्ष्य बनाएको छ । यो कार्यका लागि केहि आर्थिक सहयोग संकलन भएपनि  आर्थिक अभावका कारण कार्यलाई अगाडि बढाउन नसकिएको गुफा व्यवस्थापन समितिका अध्यक्ष बालगोपाल श्रेष्ठले बताएका छन् ।
श्रेष्ठले गुफा परिसरमा भैरहेको भौतिक संरचना निर्माण कार्यमा सवैलाई सहयोग गर्नको लागि आग्रह समेत गरे । आर्थिक अभावका कारण भौतिक संरचना निर्माणलाई गति दिन नसकिएको ऐतिहासिक गुफाको आवश्यक प्रचारप्रसार हुन नसक्दा समेत सहयोग जुट्न नसकेको अध्यक्ष श्रेष्ठको भनाई छ ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले सह्श्रधारमा स्नान गरी गुप्तेश्वर गुफामा भगवान शिव वर पाउँ भनि तपस्या गरेको र सफल भएको धार्मिक विश्वास रहि आएको छ । गुफा तीन चरणमा विभाजन छ । प्रवेशद्धार फराकिलो छ भने भित्र क्रमश साँघुरो हुदै गएको छ । गुफा भित्र दुई ठाउँमा फलाम र काठको भ¥याङ राखिएको छ । गुफाभित्र विभिन्न आकृतिमा प्रतिमाहरु देख्न सकिन्छ । प्रवेशद्धारमा शिवलिंग रहेको छ ठाउँठाउँमा गणेश, नाग, शिवलिंग पाँच पाण्डव लगायतका विभिन्न आकृतिहरु रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो