2026-07-05 03:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

जलजला क्याम्पस मप विश्वविद्यालयको आङ्गिक बनाइने

असोज ४, रोल्पा । जलजला बहुमुखी क्याम्पस लिबाङ, रोल्पालाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउन अनुरोध गर्नका लागि सर्वदलीय बैठकले निर्णय गरेकोे छ । 

जिल्ला सदरमुकाममा रहेको क्याम्पस नाजुक अवस्थामा गुज्रिरहेको हुँदा शैक्षिक र आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले क्याम्पसलाई कुनै न कुनै विश्वविद्यालयको आङ्गिक बनाउनुपर्ने भएको क्याम्पस प्रमुख कृष्णप्रसाद न्यौपानेले जानकारी दिनुभयो । 

उहाँका अनुसार क्याम्पसको अवस्था विद्यार्थीको सहुलियत, क्याम्पसको समग्र विकास र थप शैक्षिक अवसरको आवश्यकतालाई महसुस गर्दै क्याम्पसलाई आङ्गिक बनाउनका लागि आइतबार सर्वदलीय तथा सर्वपक्षीय बैठकको आयोजना गरिएकोे थियो । 

त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त उक्त क्याम्पसमा २८१ जना छात्रछात्रा अध्ययनरत छन् । विसं २०६१ भदौमा औपचारिकरुपमा स्थापना गरिएको क्याम्पसमा हाल शिक्षाशास्त्र, मानविकी र व्यवस्थापन सङ्काय सञ्चालनमा रहेका छन् । 

सोह्रजना मात्र प्राध्यापकले तीनवटा सङ्कायलाई सञ्चालन गरिरहेको अवस्था छ जसमा पनि १२ जना मात्र पूर्णकालीन प्राध्यापक रहेकोे क्याम्पस प्रशासनले जनाएको छ । 

क्याम्पसको वार्षिक आय अन्दाजी रु ४० लाख भएपनि व्यय भने करिब रु ८० लाखको हाराहारीमा पुग्ने गरेको न्यौपानेले जानकारी दिनुभयो । विद्यार्थी शुल्कबाट करिब रु ३२ लाख र विश्वविद्यालय अनुदान रु एक लाख ४० हजारदेखि अधिकतम रु सात लाख ६० हजारसम्म प्राप्त हुने गरेको छ । 

यसरी आम्दानीभन्दा खर्च बढी हुने भएकाले क्याम्पस सञ्चालनमा हम्मेहम्मे परेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रेमप्रकाश हमालको भनाइ छ । 

भारतीय राजदूतावासको आर्थिक सहयोगमा निर्माणाधीन भवनको निर्माण कार्य २०६७ भदौ ५ गतेदेखि थालिएको थियो । यसरी २०६९ सालभित्र भवन निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरिनुपर्ने भएपनि हालसम्म हस्तान्तरण हुन नसक्दा थप समस्या निम्तिएको सरोकारवालाले बताएका छन् । 

निर्माणाधीन भवनमा पठनपाठन भने २०७० माघदेखि नै सुरु गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै