2026-07-24 09:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बालाजु-गोङ्गबुमा तोडफोड र लुटपाट गर्ने थप २९ जना प्रहरी नियन्त्रणमा

फागुन ५, काठमाडौँ | प्रहरीले फागुन १ गते बालाजु-माछापोखरी क्षेत्रमा प्रहरी भ्यान तोडफोड गर्ने र हुलदंगा गर्ने थप २३ जनालाई पक्राउ गरेको छ। यस्तै, गोङ्गबु नयाँ बसपार्कमा रहेको ल्होत्से मलमा लुटपाट गर्ने थप ६ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ।

यसअघि पनि प्रहरीले दुवै घटनामा संल्गनहरुलाई पक्राउ गरेको थियो। अहिले पनि प्रहरी संदिग्धहरुको खोजीमा छ।

प्रहरी भ्यानमा आगजनी र तोडफोड कसुरमा पक्राउ पर्नेमा वर्ष २१ को गणेश कुमार श्रेष्ठ, वर्ष २२ को विक्रम नेपाली, वर्ष २१ को आकाश भुजेल, वर्ष २८ को सुमन श्रेष्ठ, वर्ष २४ को सुमन लामा, वर्ष २९ को विजय मगर, वर्ष ३० को रन्जित कुमार तामाङ, वर्ष २६ कि संगिता खड्की, वर्ष २० को रबि तामाङ, वर्ष १९ को प्रकाश क्षेत्री, वर्ष २२ को ईलाराज गुरूङ, वर्ष १८ को ईन्द्र तामाङ, वर्ष ३३ को माधव शाही, वर्ष २७ को राजन रावत र वर्ष २८ को हरी शरण तामाङ रहेका छन्।

यस्तै, सोही अभियोगमा वर्ष १९ को सुजन मगर, वर्ष २२ को रोमन नगरकोटी, वर्ष १८ को सुनिल कालिकोटे, वर्ष १८ को सुदिप तामाङ, वर्ष १८ को विकाश गुरूङ, वर्ष २७ को सविधान परियार, वर्ष १९ को केशर राई र वर्ष १९ को कविन खड्गी रहेका छन्।

नियन्त्रणमा लिईएका व्यक्तिहरू उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम अपराधिक उपद्रव गर्न नहुने कसूर सम्बन्धी मुद्दा दर्ता गरि काठमाडौ जिल्ला अदालतबाट म्याद थप गरि  अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।

यस्तै,ल्होत्से मलका मोवाइल पसल लुटपाटमा संलग्न अभियोगमा वर्ष २३ को रोजन डंगोल, वर्ष ३० को सुजन तामाङ, वर्ष २३ को सुवास अधिकारी, वर्ष १९ की जोना चौधरी, वर्ष ३० को रितेश बस्नेत र वर्ष ३० को एमन राई रहेका छन्।

उनीहरुबाट प्रहरीले पावर बैंक, इयरफोन, युएबी केबल, मोबाइल फेला पारेको छ। उक्त घटनाको सम्बन्धमा पक्राउ परेका व्यक्तिहरुलाई मुलुकी अपराध संहिता (ऐन), २०७४ परिच्छेद २० चोरी तथा डाँका सम्बन्धी कसुरमा काठमाडौ जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त महाराजगंजबाट थप अनुसन्धान भई रहेको छ।

प्रहरीले घटनामा संलग्न थप एक व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको र अन्य संलग्न व्यक्तिहरुको खोजतलास भईरहेको जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक