2026-07-25 04:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पिठ्युँमा छोरो बोकेरै महाधिवेशनमा

फागुन १५, काठमाडौँ | मुगु सोरु गाउँपालिका निवासी स्वस्तिका शाहीको चर्चा एकाएक चुलिएको छ । यही फागुन १२–१४ गतेसम्म धादिङमा सम्पन्न भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनमा भाग लिनुभएकी उहाँलाई आफ्नो कलाले चर्चामा ल्याएको हो ।

मुगुबाट तीन वर्षको बच्चा बोकेर धादिङ पुग्नुभएकी शाहीले यहीँ फागुन १३ गते महाधिवेशनमा कर्णालीको प्रतिनिधिमूलक आवाज प्रस्तुत गर्नुभएको थियो । हवाईजहाजको  महङ्गो भाडा तिरेर केन्द्रीय महाधिवेशनमा पुग्नुभएकी उहाँले आफूलाई राष्ट्रियस्तरका कलाकारहरुले वेवास्ता गरेको गुनासो गर्न  समय माग्नुभयो । “मुगु, हुम्ला, अछाम, बाजुरा, डोटीलगायत जिल्लाबाट प्रतिनिधि बोलाउने कि नबोलाउने रु तपाईको हातमा छ । हामी हरेक समय खर्चका साथै  ज्यानसमेत जोखिममा राखेर आउन सक्दैनौँ”, शाहीले महाधिवेशनमा आक्रोस व्यक्त गर्नुभयो  । काठमाडौँ, पोखरालगायत शहरमा मात्र नभइ गाउँका कुना कन्दरामा पनि  अधिवेशन गरेर देखाउन उहाँले कला क्षेत्रका नेतृत्वलाई  आग्रह गर्नुुभयो ।

मुगुस्थित लोक तथा दोहोरी गीत प्रतिष्ठानका कोषाध्यक्षसमेत रहनुभएकी कलाकार शाहीले धादिङ्मा आफ्ना विचार व्यक्त गर्दै कर्णालीजस्ता पिछडिएका क्षेत्रबाट आएका प्रतिभालाई प्रतिष्ठानले स्थान दिनाका साथै उनीहरुलाई अगाडि बढ्न हौसलासमेत प्रदान गर्नुपर्ने माग गर्नुभयोे ।

उहाँले व्यक्त गर्नुभएको कुराले सिङ्गो कर्णालीको प्रतिनिधित्व गरेको अधिवेशनमा सहभागीहरुले बताए । शाहीले प्रतिष्ठानका पदाधिकारी तथा राष्ट्रियस्तरका कलाकारलाई कर्णालीको वास्तविकता, दुःख र वेदनाहरुलाई गीत–सङ्गीतमार्फत उजागर गर्न अनुरोधसमेत गर्नुभयो । कर्णालीमा गाइने देउडासँग सम्बन्धित गीत पनि गाउनुभएको थियो ।

शाहीले स्वर्गीय गायिका तारादेवीको ‘सिरीरी मुरली बज्यो वनैमा’ गाउनाका साथै देउडा भाकामा ‘लामै छ हुलाकी बाटो कर्णालीपारीको, रक्षा ग¥यौ भगवान् म दुराचारीको’ तथा कर्णालीको न्याउला भाकामा ‘शाही र म परेवा जोडी घुटुक्क बाडुल्की लायाँ, सँगसँगै रनु ९रहनु० हो प्यारा रातिमा सपनीमा आयाँ’ भन्ने गीत गाउनुभएको थियो । उहाँको गीतको भाकाले  अधिवेशनमा सहभागी कलाकारको मन जितेको थियो ।

शाहीको प्रतिभाको कदर गर्दै कलाकार विश्वास नेपालले उहाँलाई गीत रेकर्ड तथा भिजुलाईजलगायत आवश्यक सबैमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो भने  सहयोग स्वरुप रू २५ हजार सङ्कलन पनि गरिएको थियो ।  अहिले उहाँ सामाजिक सञ्जाल टिकटक, युट्युब, फेसबुक, इन्स्ट्राग्राममा प्रख्यात बन्नुभएको छ ।

शाहीले अवसर पाउनका लागि बोल्नु पर्दोरहेछ भन्ने धादिङ महाधिवेशनबाट सिकेको राससलाई बताउनुभयो । उहाँले भन्नुभयो, “कुनैपनि कुरा प्राप्तिका लागि सङ्घर्ष आवश्यक पर्छ, सङ्घर्षलबाटै प्रतिफल सम्भव छ”, शाहीले भन्नुभयो । पिठ्युँमा बच्चा बोकेर कर्णालीको आवाज केन्द्रीय महाधिवेशनमा घन्काउने शाही दुर्गम क्षेत्रको प्रतिनिधित्व गर्ने साहसी महिला हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक